रवि लामिछानेको रिटमा उच्च अदालतको बुटवल इजलासबाट कैफियत प्रतिवेदन माग

imagesimages

 

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश भएको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्ययायाधीश सागर विष्टको इजलासले कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको हो ।

Nepal life insurance

रविले सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा दिएको बिगो बुझाएर रिहा गर्न मागसहितको निवेदनमा रिहा गर्न अस्वीकार गरेपछि त्यस आदेशको विरुद्ध उच्च अदालत बुटवलमा निवेदन दायर गरेका थिए ।

गत साउन २६ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले रवि लामिछानेको निवेदनमा आदेश दिदै बैंक ग्यारेन्टीमा छोड्न अस्वीकार गरेको थियो ।

लामिछाने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश अनुसार गत चैत २२ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका छन् ।

 

Nepal life insurance

अन्य समाचारहरु