प्रधानमन्त्री ओली भन्छन्- आईटी क्षेत्रमा दुई लाखसम्म तलब व्यवस्थाले दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोकिन्छ

imagesimages

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको बताउदै यसले दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने बताएका छन् ।

Nepal life insurance

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधि प्रणालीको विकास तथा परामर्श सेवाको लागत अनुमान सम्बन्धि नर्म्स, २०८२ जारी गर्दै सूचना प्रविधि क्षेत्रमा काम गर्नेको न्युनतम पारिश्रमिक ४० हजारदेखि २ लाखसम्म तोके पछि प्रधानमन्त्री ओलीको यस्तो भनाई आएको हो ।

प्रधानमन्त्री ओलीले भनेका छन्- 

सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको छ ।  यसबाट अनलाइन मार्फत सरकारी सेवा विस्तार गर्दा काममा ढिलासुस्ती गर्ने, घुस र कमिसन लिने प्रवृत्ति नियन्त्रण हुनेछ भने सूचना प्रविधिको दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोकिने छ।  यसले सफ्टवेयर प्रणाली विकासको लागत अनुमानलाई यथार्थपरक बनाउने छ। आईटी पढेको हाम्रो जनशक्तिका लागि यो सुखद् कदम हो।

 

 

Nepal life insurance

अन्य समाचारहरु