लुना लुइँटेलले जितिन् मिस नेपालको उपाधि

imagesimages

 

काठमाडौँ । यस वर्षको ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले जितेकी छिन् ।

Nepal life insurance

शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्रान्ड फिनालेमा लुना विजेता घोषित भएकी हुन् ।

May be an image of 1 person

आयोजक संस्था ‘द हिडन ट्रेजर’ ले आयोजना गरेको प्रतियोगिताको अन्तिम चरणमा प्रतिस्पर्धीहरूलाई पछि पार्दै लुइँटेलले उपाधि जितेकी हुन् ।

त्यस्तै मिस अर्थ नेपाल २०२५ को उपाधि सोनी घलेले जितेकी छन् भने मिस नेपाल इन्टरनेशनल २०२५ को उपाधि उरुषा भण्डारीले जितेकी छन् । त्यसैगरी मिस नेपाल कोस्मो २०२५ को उपाधि दीपशिखा नेपालले जितेकी छन् ।

 

Nepal life insurance