मनमनै सोध्ने गर्छु अनुत्तरित प्रश्नहरु: पैसासँग सारा जीवन साट्नु पर्ने यो कस्तो बाध्यता !

imagesimages

 – प्रकाश आचार्य ,अर्घाखाँची। 

द.कोरिया – पैसा कमाउन थाले देखि नै हो पैसाको कमि भएको पैसा ,पैसा, पैसा अनि भबिस्य भन्दै हेर त प्रदेशमा जवानी गएको ! पहिला त म धनी थिए! म सङ सबथोक थियो । मैले जती नै गल्ती गरेपनी मेरो रहर चाहना पूरा गर्न तत्पर मेरो बा मेरो साथमै थिए । बिरामी हुदा रातिसम्म कुरेर बसि दबाई खुवाउने , राती अबेरसम्म खेलेर धुलाम्य भएर घर आउदा पनि गाली नगरी माया गर्ने , मैले जति नै सताउदा पनि नझर्की माया गर्ने मेरि आमा साथमा थिईन ।

छिमेकिलाई खुसी बनाउन पर्दैन्थियो ,जति नै झगडा गरेपनी मिलि हाल्ने सङी साथी थिए। सयर गर्न गाडा थियो। बासि नै भएपनी आटोको स्वाद थियो , सम्बन्ध जिबित थियो , स्कुलमा माया गर्ने शिक्षक थिए , सङित सुन्न रेडियो थियो ।गाउमा गाउमा युबा थिए , गफ गर्न बुढा बाहरु थिए । म सङ सबथोक थियो ।पहिला त म धनी थिए , पैसा कमाउन थाले देखि नै पैसाको कमि भएको ।

अहिले म गरिब छु। साथमा मेरा बा आमा छैनन । जीवन नै मलाई सुम्पेकी मेरि प्रिय साथमा छैनिन । ऋणदिन नसक्दा छिमेकीहरु सङ्को सम्बन्ध जिबिन छैन ।झगडा गरेपनी नरिसाउने दौतरी छैनन । आफ्नो जन्मभुमिको जस्तो खानाको स्वाद छैन , सम्बन्ध जिबित छैनन , जिन्दगिको मिठास छैन । तिर्खा मेटाउने मुलको चिसो पानी छैन , समयमा निद्रा छैन , गफ सुनाउने बुढा बा छैनन , केही छैन म सङ केही छैन अहिले म गरिब छु । पैसा कमाउन थाले देखि नै पैसाको कमि भएको ।

सहरमा घर अनि सम्पतिको चाह भएको , आवस्यकताहरु वाहा वाहा भएको , आमा बा अनि , श्रीमति अनि छरछिमेकीसङको सामिप्यता स्वाहा स्वाहा भएको ,।मध्यरातमा कानै दुख्ने गरि बज्ने आलारामको आवाजले झस्किन्छु। ज्यान तन्काउछु अनि कामना जान्छु । यहाँ पसिनाको मुल्य छ अरु केही छैन , मनमनै सोध्ने गर्छु अनुत्तरित प्रश्नहरु पैसासङ सारा जीवन साट्नु पर्ने यो कस्तो बाध्यता । पैला त म धनी थिय पैसा कमाउन थाले देखि नै हो पैसाको कमि भएको ।पैसा , पैसा अनि भबिस्य भन्दै हेर त प्रदेशमै जवानी गएको ।

अरु केही दिन नसकेपनि मेरो देशले मलाई आफ्नो श्रमको मुल्य  देओस् , आफ्नै परिवारसङ बसेर गुजारा चलाउने बाताबरण बनाओस् 🙏यो मेरो मात्र नभएर सारा प्रदेशी युबाहरुको चाहाना हो ।

 


प्रकाश आचार्य ,अर्घाखाँची
हाल द.कोरिया

Nepal life insurance