





आफ्नै कलमले आफैलाई झस्कायो पुन:: व्युतायो
-गंगा ज्ञवाली
सबै मित्र सबै प्रिय
मलाई देख्ने तिम्रा आँखा
सुन्दर छन् भने
मलाई बुझ्ने तिम्रो मन
प्रिय छ भने
मलाई हेर्ने तिम्रो नजर
सुन्दर छ भने
हो
तिम्रो सुन्दर नजरले
तिम्रो प्रिय हेराइले
मलाई कदापि नराम्रो देख्ने छैन्
किनकि
तिम्रो नजर नैं सुन्दर छ
तिम्रो मनोविश्लेषण नैं सुन्दर छ
मलाई पनि सुन्दर नैं देख्छ
सबैलाई सुन्दर नैं बुझ्छ
तिमी भित्र अथाहा माया प्रेम छ भने
तिमी भित्र भगवानको बास छ भने
तिमी कसैलाई नराम्रो देख्नै सक्दैनौं
कसैलाई नराम्रो बुझ्नै सक्दैनौं
अझै
शत्रु र मित्रु बीचको भिन्नता छुट्याउनै सक्दैनौं
किनकि तिमी भित्र भगवानको बास छ
सबै प्रति देख्ने नजर सकारात्मक छ
अनि तिमी भित्र डाह रिस राग छैन
तिम्रो लागि सबै सामान छन्
हो त्यसैले तिम्रो नजरमा म
मेरो नजरमा तिमी
मेरो नजरमा सबै असल छन्
सबै आफन्त नैं आफन्त छन्
सबै मित्र सबै प्रिय
आखिर जीवन अकल्पनीय छ
अनिश्चित छ ।।।।।।।
सुन्दरता रूपमा रंगमा होईन
मात्र
हेराइमा आन्तरिक बुझाइमा हुने गर्दछ।
मनोविश्लेषण मा निर्धारण हुन्छ ।।

@ गंगा ज्ञवाली@
कीर्तिपुर काठमाडौं



