इटालीकी प्रधानमन्त्री मेलोनीको अश्लील डिपफेक तस्बिर पोस्ट गर्ने वेबसाइट बन्द

imagesimages

 

काठमाडौँ । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको अश्लील डिपफेक तस्बिरहरू पोस्ट गर्ने ‘फेका’ नामक वेबसाइट बन्द गरिएको छ ।

यो साइटले महिलाहरूको आपत्तिजनक तस्बिर र भिडियोहरू पोस्ट गर्ने गर्थ्यो र २० वर्षदेखि सक्रिय थियो । यसका ७ लाख सदस्यहरू थिए र कुनै पनि प्रयोगकर्ताले अश्लील सामग्री अपलोड गर्न सक्थे ।

Nepal life insurance

यस साइटमा मेलोनी, विपक्षी नेता एली स्लेन, ईयू सांसद एलेसेन्ड्रा मोरेट्टी र प्रभावशाली चियारा फेराग्नानी जस्ता प्रसिद्ध महिलाहरूको नक्कली डिपफेक तस्बिरहरू पोस्ट गरिएको थियो । उनीहरूलाई ‘भिआइपी खण्ड’ मा राखेर मानिसहरूको ध्यान खिचिएको थियो ।

पहिलो पटक, सांसद मोरेट्टीले साइटमाथि मुद्दा दायर गरे, त्यसपछि #MeToo जस्ता अभियानहरू सुरु भए । १.७ लाख मानिसहरूले यसलाई बन्द गर्न याचिकामा हस्ताक्षर गरे । भारी विरोध र प्रहरी कडाइ पछि, यसको मालिकले अन्ततः वेबसाइट बन्द गरेका छन् ।

प्रधानमन्त्री मेलोनीले यसलाई ‘लज्जास्पद’ भनेकी छन् र महिलाको मर्यादामा चोट पुर्‍याउने कार्यहरू अस्वीकार्य रहेको बताएकी छन् । यसअघि ‘मिया मोगली’ नामक फेसबुक पेज पनि विवादमा आएको थियो, जसमा मानिसहरूले आफ्ना श्रीमती वा प्रेमिकाको आपत्तिजनक तस्बिरहरू पोस्ट गर्थे । विरोधपछि मेटाले पेज हटाएको थियो ।

 

Nepal life insurance