जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुग्यो , २१६ घाइते प्रदर्शनकारी उपचाररत, कुन अस्पतालमा कति?

imagesimages

 

काठमाडौं । काठमाडौँ भएको जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुगेको छ।  ट्रमा सेन्टरमा उपचाररत थप १ जना घाइतेको मृत्यु भएको हो।

अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले ७ जनाको मृत्यु भएको पुष्टि गरे। ट्रमा सेन्टरमा ५० जना घाइतेको उपचार भइरहेको छ। ४ जना घाइतेको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। यस्तै, एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ।

Nepal life insurance

उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

त्यस्तै काठमाडौँ मेडिकल कजेलमा २ जना जनाको मृत्यु भएको छ। त्यस्तै टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा गोपाल सेडाइँले जानकारी दिए।
मृतकहरूको परिचय खुलेको छैन। मृत्यु हुनेमा स्कुले बालबालिकाहरू पनि छ।

अहिले काठमाडौँका विभिन्न अस्पतालमा २ सय बढी घाइतेको उपचार भइरहेको छ।

२१६ घाइते प्रदर्शनकारी उपचाररत, कुन अस्पतालमा कति?

काठमाडौँमा भएको जेनजी प्रदर्शनमा २१६ जना भन्दा बढी घाइतेहरूको उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका सरकारी र निजी गरी ७ अस्पतालमा २१६ जना बढी घाइतेहरूको उपचार भइरहेको छ। घाइतेमध्ये २२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ। मन्त्रालयमा अनुसार सबै भन्दा बढी निजामति कर्मचारी (सिभिल) अस्पतालमा १ सय जना घाइतेहरूको उपचार भइरहेको छ।

ट्रमा सेन्टरमा ५० जनाको उपचार भइरहेको छ, ती मध्ये ४ जनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ।   एभरेष्ट अस्पतालमा ३४, पाटन अस्पतालमा ४ जना गम्भीर घाइते छन्। काठमाडौँ मेडिकल कलेज (केएमसी)मा ४१ जनाको उपचार भइरहेको छ। केएमसी अस्पतालमा उपचाररत ८ जनाको स्वास्थ्य अवस्था गम्भीर छ।

त्रिवि शिक्षण अस्पतालमा २४ जना घाइतेमध्ये ८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको मन्त्रालयले जनाएको छ।

 

Nepal life insurance

 

अन्य समाचारहरु