राजधानी काठमाडौँको सुरक्षा व्यवस्था नियन्त्रण बाहिर

imagesimages

 

काठमाडौँ । देशको राजधानी काठमाडौँको सुरक्षा व्यवस्था नियन्त्रण बाहिर पुगेको छ ।

जेनजी आन्दोलनको दोस्रो दिन युवाहरुले राजनीतिक दलका पार्टी कार्यालय र निजी निवासमा तोडफोड र आगजनी गरिरहेका छन् । सुरक्षाको अग्रभागमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन असफल भएको छ ।

Nepal life insurance

प्रहरीले अवस्था नियन्त्रणमा लिन नसकेपछि नेपाली सेनाले अवस्था आफ्नो हातमा लिने सम्भावना बढेको छ । नेपाली सेनाले ललितपुरको भैसेपाटीस्थित सङ्घीय मन्त्री निवास र प्रदेश प्रमुख निवासबाट मन्त्रीहरुको हेलिकप्टरमा उद्धार गरेको छ ।

जेनजी आन्दोलनको दोस्रो दिन आज शिर्ष नेताहरुको निवास तोडफोड र आगजनी गरिएको छ । अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास, एमाले महासचिवको निवास लगायत कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ ।

 

Nepal life insurance