




काठमाडौँ । सीपी राधाकृष्णनले भारतको १५औं उपराष्ट्रपतिको रूपमा शपथ लिएका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा ६७ वर्षीया राधाकृष्णनलाई शपथ ग्रहण गराएकी हुन् ।


यस क्रममा पूर्व उपराष्ट्रपति जगदीप धनखड पनि आफ्ना उत्तराधिकारी सीपी राधाकृष्णनको शपथ ग्रहण समारोहमा उपस्थित रहेका थिए । उपराष्ट्रपति पद त्यागेपछि धनखड पहिलो पटक सार्वजनिक कार्यक्रममा भाग लिएको देखिएको थियो ।
मंगलबार भएको उपराष्ट्रपति चुनावमा राधाकृष्णनले ४५२ मत प्राप्त गरेर जित हासिल गरेका थिए भने विपक्षी उम्मेदवार बी सुदर्शन रेड्डीले ३०० मत प्राप्त गरेका थिए ।
यसअघि जगदीप धनखडले आफ्नो स्वास्थ्यमा समस्या देखाउदै राजीनामा दिएपछि उपराष्ट्रपतिको चुनाव भएको हो ।



