




काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको मानहानि मुद्दा दायर गर्ने धम्की दिएका छन् ।
राष्ट्रपति ट्रम्पले न्यूयोर्क टाइम्सले उनको परिवार र व्यवसायको बारेमा झूट फैलाएको बताउदै फ्लोरिडा राज्यमा यसविरुद्ध मुद्दा दायर गर्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले न्यूयोर्क टाइम्सले दशकौंदेखि आफुविरुद्ध ‘झूटा’ समाचार प्रकाशित गर्दै आएको बताएका छन् । यसले वामपन्थी दलहरूको भाषा लेख्छ भन्दै ट्रम्पले यो पत्रिकाले डेमोक्र्याटिक पार्टीलाई प्रवर्द्धन गर्ने गरेको बताएका छन् । यसले कमला ह्यारिसको समर्थनमा पहिलो पृष्ठमा एक लेख प्रकाशित गरेको थियो भने यो अमेरिका फर्स्ट मुभमेन्टविरुद्ध भएको उनले बताएका छन् ।
उनले लेखेका छन्- ‘पत्रिकाले भिडियो र कागजातहरू हेरफेर गरेर लामो समयदेखि अफवाह फैलाउँदै आएको छ । जुन गैरकानूनी हो । यो रोक्नुपर्छ । म यो गर्न गर्व गर्छु ।’ ट्रम्पको यो बयान न्यूयोर्क टाइम्सले ट्रम्प र कुख्यात फाइनान्सर जेफ्री एपस्टाइन बीचको सम्बन्धमा समाचार प्रकाशित गरेपछि आएको हो ।



