देशभरका यी सडक हाल अवरुद्ध

imagesimages

 

काठमाडौँ । मनसुन फेरी सक्रिय भएपछि देशका विभिन्न सडक अवरुद्ध भएका छन् । बुधबार बिहान साढे ९ बजेसम्मको अपडेट अनुसार हाल देशभरका १८ सडक अवरुद्ध रहेका छन् ।

Nepal life insurance

गत साउनदेखि नै विपी राजमार्ग, नेपाल चीन जोड्ने मितेरी पुल, कान्ति लोकपथ जाजरकोट-डोल्पा सडक, संखुवासभाको बरुणखोलास्थित कोशी राजमार्ग लामो समयदेखि अवरुद्ध रहेको छ । त्यस्तै मंगलबारदेखि परेको वर्षाका कारण देशका ११ भन्दा बढी सडक अवरुद्ध भएका छन् ।

हाल अवरुद्ध भएका सडकहरु:

१- विपि राजमार्ग रातिको समयमा मनसुन अवधिभर बन्द रहेको छ । मनसुन सक्रिय भएकोले बर्षातका कारण विपद्को घटना हुन नदिनको लागि मिति २०८२/०५/०१ गते देखि अर्को सुचना नआ‍‍‍एसम्म (प्रत्येक दिन बेलुका १७ देखि विहान ५ बजे सम्म १२ घण्टा) रातिको समयमा वि.पि. राजमार्गमा सम्पुर्ण सवारी साधन आवागमनमा रोक लगाईएको व्यहोरा जानकारीको लागि अनुरोध गरेको छ ।

२- रसुवामा बाढीले नेपाल र चिन नाका जोड्ने मितेरी पुल क्षति भएको छ । मिति २०८२।०३।२४ गते ३ बजेको समयमा जिल्ला रसुवा गोसाइकुण्ड गा.पा. वडा नं.-२  स्थित रसुवागढीमा  बाढी आई नेपाल र चिन नाका जोड्ने पुलमा क्षति भई सवारी साधन आवत-जावत बन्द भएको छ ।

३- ललितपुर र मकवानपुर जोड्ने कान्ति लोकपथ बन्द रहने छ । मिति २०८२।०३।१० गते देखि अर्को सुचना नआएसम्मको लागि  बेलुका १९ बजेदेखि बिहान ६ बजे सम्मको लागि सम्पुर्ण सवारी साधन आवत-जावतमा रोक लगाईएको व्यहोरा जानकारीको लागि अनुरोध ।

४- रुकुम पश्‍चिम आठबिसकोट न.पा. ६ स्थितमा जाजरकोट-डोल्पा सडक खण्ड (भेरी करिडोर) अबरुद्ध रहेको छ । मिति २०८२/०३/०९ गते १०:२० बजेको समयबाट आठबिसकोट न.पा. ६ रिजिगार खोलामा पानीको वहाब बढेकोले जाजरकोट-डोल्पा (भेरी करिडोर) सडक खण्ड पूर्ण रुपमा अवरोध भएको (मनसुन अवधिभर सञ्चालन नहुने) छ  ।

५- संखुवासभा भोटखोला गा.पा.४ बरुणखोला स्थित कोशी राजमार्ग अबरुद्ध रहेको छ । मिति २०८२।०२।०६ गते संखुवासभा भोटखोला गा.पा.४ स्थित बरुणखोलामा बाढी आई  ह्युम पाइप बगाएको हुँदा  खाँदबारी देखी थुमसुर जाने कोशी राजमार्ग  पूर्ण रुपमा अवरोध भएको छ । बर्षातको अबधिभर सुचारु हुन नसक्ने भएको छ ।

६- सिन्धुपाल्चोक अरनिको राजमार्ग पूर्ण रुपमा अवरोध रहेको छ । मिति २०८२।०५।०९ गते १६ बजेको समयमा जि.सि.पा.भोटेकोशी गा.पा.वडा नं. २ कोदारी स्थित अरनिको राजमार्गमा पर्ने ईकु पहिरोमा ५/६ मिटर सडक अं.२ फिट गहिरोभाँसि बाटो पूर्ण रुपमा अवरोध भएको छ ।

७- जिल्ला संखुवासभा मकालु गा.पा.३ एकुवा स्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्ड पुर्ण रुपमा अवरोध भएको छ । मिति २०८२।०५।१५ गते संखुवासभा मकालु गा.पा.३ एकुवा स्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्डमा पहिरो झरी बाटो पूर्ण रुपमा अवरोध भएको छ ।

८- म्याग्दी बेनी न.पा.०४ घुमाउने भिर , बेनी –दरवाङ सडक अबरोध भएको छ । मिति २०८२।०५।३१ गते ५: ३०  बजेको समयमा जि. म्याग्दी बेनी न.पा.०४ घुमाउने भिर स्थित बेनी –दरवाङ सडक खण्डमा सडक माथिबाट पहिरो खसी सडक पूर्ण रुपमा अवरोध भएको छ ।

९- जिल्ला कञ्चनपुर भि.न.पा.११ गड्डाचौकी स्थित नेपाल-भारत जोड्ने पक्की पुलमा चार पाङग्रे सवारी साधन आवतजावत बन्द गरिएको छ । मिति २०८२।०५।३१ गते १३: ५५ बजेको समयमा जिल्ला कञ्चनपुर भि.न.पा.११ गड्डाचौकी स्थित महाकाली नदीमा पानीको बहाव १,३२,६४७ क्युसेक पुग्न गएको कारण ऐ. स्थित महाकाली नदीमा रहेको नेपाल-भारत जोड्ने बनबासा पक्की पुलमा चार पाङग्रे सवारी साधन आवतजावत बन्द गरिएको छ ।

१०- नुवाकोट मध्य पहाडी लोक मार्ग पुर्ण रुपमा अबरोध भएको छ । मिति २०८२।०६।०१ गते ३ बजे शिवपुरी गा.पा.८ खहरे स्थित छहरेबाट शेराबगर जाने मध्य पहाडी लोक मार्गमा बर्षादको कारणले माथिबाट पहिरो खसी पुर्ण रुपमा अवरोध भएको छ ।

११- कालिकोट कर्णाली राजमार्ग पुर्ण रुपमा अबरोध भएको छ । मिति २०८२।०६।०१ गते अ. ६: २० बजे शुभकालिका गा.पा.१ स्थित गगने खोलामा सडक माथिबाट पहिरो आई कर्णाली राजमार्ग पुर्ण रुपमा अवरोध भएको छ ।

१२- म्याग्दी बेनी –जोमसोम सडक खण्ड पुर्ण रुपमा अबरोध छ ।  मिति २०८२।०६।०१ गते ६: ३० बजेको समयमा जिल्ला म्याग्दी अन्नपुर्ण गा.पा. ३ सुकेबगर स्थित बेनी –जोमसोम सडक खण्डमा सडक माथिबाट लेदो माटो सहितको पहिरो खसी सडक पुर्ण रुपमा अवरोध भएको छ ।

१३- गुल्मी कालीगण्डकी करिडोर सडक खण्ड पुर्ण रुपमा अबरोध भएको छ । मिति २०८२।०६।०१ गते ६: ४० बजेको समयमा जि.गुल्मी कालिगण्डकी गा.पा. २ राक्से स्थित कालीगण्डकी करिडोर सडक खण्डमा माथि बाट लेदो आई बाटो पुर्ण रुपमा अवरोध भएको छ ।

१४- लमजुङ मध्य पहाडी लोकमार्ग पुर्ण रुपमा अबरोध भएको छ । मिति-२०८२।०६।०१ गते ७ बजेको समयमा जिल्ला लमजुङ मध्यनेपाल न.पा. १० बिमिरेभन्ज्याङ ( मध्य पहाडी लोकमार्ग) स्थित माथिबाट पहिरो आई बाटो पुर्ण रुपमा अवरोध भएको छ ।

१५- गुल्मी रिडी तम्घास सडकखण्ड पुर्ण रुपमा अबरोध भएको छ । मिति २०८२।०६।०१ गते बिहान ६: ४० बजे  गुल्मी रुरु गा.पा.३ सल्लेरी स्थित रिडी तम्घास सडकखण्डमा अबिरल वर्षाको कारण पहिरो खस्न गई बाटो पुर्ण रुपमा अवरोध भएको छ ।

१६- गुल्मी रुद्रवेणी-वामी सडक खण्ड पुर्ण रुपमा अबरोध भएको छ । मिति २०८२।०६।०१ गते ६: ४५ बजे  गुल्मी सत्यवती गा.पा.६ उर्लिखोला स्थित रहेको डहरेखोलाको पानीको बहाव बढी रुद्रवेणी-वामी सडक खण्ड पुर्ण रुपमा अवरोध भएको छ ।

१७- रसुवा पासाङ ल्हामु सडक खण्ड पुर्ण रुपमा अबरोध भएको छ । मिति २०८२।०६।०१ गते बिहान ६: ५५ बजेको समयमा जिल्ला रसुवा गोसाईकुण्ड गा.पा. वडा नं २ स्याउँ पार्किङ स्थित पासाङ ल्हामु सडक खण्डमा अबिरल बर्षाको कारण सडक माथिबाट लेदो माटो र ढुङगा सहितको पहिरो आई पुर्ण रुपमा अवरोध भएको छ ।

१८- जिल्ला सुर्खेत बराहाताल गा.पा.७ स्याउले स्थित कर्णाली राजमार्ग पुर्ण रुपमा अवरोध छ । बराहाताल गा.पा.७ स्याउले स्थित कर्णाली राजमार्गमा अविरल वर्षाको कारण सडक माथिबाट पहिरो आई बाटो पुर्ण रुपमा अवरोध छ ।

१९-  बुटवल पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।यस सडक खण्ड अन्तगत सिद्वबाबा क्षेत्रमा ढुङ्गा खसेर अवरुद्ध भएको छ भने सोहि सडकखण्डको हिउँदे खोला नजिकै पनि सडक अवरुद्ध भएको छ । हिउँदे खोला नजिकै लेदो र बालुवासहितको पहिरो आएपछि सडक अवरुद्ध भएको छ ।

 

Nepal life insurance