पाँच जनालाई मन्त्रीमा सिफारिस, शपथ सोमबार

imagesimages

 

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले पाँच जनालाई मन्त्री सिफारिस गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले पत्रकार जगदीश खरेल, पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, अतिरिक्त सचिव डा.संगिता मिश्रा, महावीर पुन र डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन् । पाँचै मन्त्रीको शपथ सोमबार हुने भएको छ ।

प्रधानमन्त्री कार्कीले खरेललाई सञ्चार, डा. मिश्रलाई स्वास्थ्य, पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई भूमि व्यवस्था मन्त्रालय र उद्योग मन्त्रालय, पुनलाई शिक्षा र परियारलाई कृषि मन्त्रालय दिने भएकी छन् ।

यस बाहेक उनीहरुलाई थप अन्य मन्त्रालयको समेत जिम्मेवारी दिइने बताइएको छ । प्रधानमन्त्री कार्कीले १० देखि १२ मन्त्री बनाएर एक जनालाई कम्तिमा दुई मन्त्रालयको जिम्मेवारी दिने यसअघि नै बताएकी छन् । यसअघि रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङलाई उर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय तथा ओमप्रकाश अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

 

Nepal life insurance

अन्य समाचारहरु