

आजबाट विधिवत् रूपमा बडा दशैंको सुरुवात भएको छ। बडा दशैंको पहिलाे दिन आज दशैंघर, सत्तल र घरघरमा कलश (घडा)काे स्थापना गरि शक्तिस्वरुपा दुर्गा भवानीको आह्वान गरिन्छ। यस दिन जौ, मकै लगायत अन्नहरु मिसाएर बनाइएको जमरा विधिपूर्वक राखिन्छ। घटस्थापनाको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।



