





काठमाडौँ । जेनजी आन्दोलनका घाइतेको सहयोगमा दिनरात खटेकी अभियन्ता आशिका तामाङले आफूले सङ्कलन गरेको आर्थिक सहयोगको हिसाब माग्नेहरूलाई जवाफ दिएकी छन् । आशिकाले आफूलाई सहयोग नगर्नेहरूले नै हिसाब माग्दा आफु छक्क परेको बताएकी छन् ।


उनले सहयोग गर्ने सबै दातालाई व्हाट्सएपमार्फत एक-एक रुपैयाँको हिसाब दिएको उल्लेख गर्दै पैसाको हिसाब माग्नेहरूलाई उल्टै प्रतिप्रश्न गरेकी छन् ।
घाइते र मृतकका परिवारलाई चाहिएको आर्थिक सहयोग जुटाउन आफू लागिपरेको बताउँदै उनले आफूमाथि अनावश्यक औँला उठाइएकोमा दुःख पनि व्यक्त गरेकी छन् । उनले सहयोग गर्न आफूले कसैलाई नरोकेको भन्दै अरूलाई आरोप लगाउनुअघि एक पटक सोच्न समेत आग्रह गरेकी छन् ।
उनले भनेकी छन्-
पैसा पैसा पैसा ! कहाँ बाट ल्याइस ? कसरी दिस ? जसले एक रुपैयाँ सहयोग गरेको छैनन् , उहाँहरुले हिसाब् मागेको देख्दा छक्क छु म त ! जसले सहयोग गर्नु भाको छ उहाँहरु लाई मैले एक एक रुपैयाँ को हिसाब ह्वाट्सएपको माध्यमबाट देको छु ! कस्तो सोच हो तपाईहरु को ?? म भात खान्छु के पैसा होइन! मलाई के काम पैसा ?? जो घाइते भाइहरु र मृतक परिवारहरुलाई चाहिएको छ आर्थिक सहयोग उहाँहरु लागि एताबाट हुन्छ कि उता बाट हुन्छ कि खोजेर सहयोग पुराइराको छु , तैपनि औंला मै माथी किन उठाइरहनु हुन्छ ??? जस्ले गर्दा नि भो सहयोग मैले रोकेको छैन नि , अरुलाई आरोप लगाउनु अघि कृपया एक पल्ट सोच्ने गर्नुस है



