जापानको प्रधानमन्त्री बन्ने बाटोमा ताकाइची, पार्टीको अध्यक्षमा विजयी

imagesimages

 

काठमाडौँ । जापानमा पहिलो महिला प्रधानमन्त्री बन्ने सम्भावना बढेर गएको छ । जापानको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को अध्यक्षमा साने ताकाइची निर्वाचित बनेकी छन् । उनी एलडिपीको पहिलो महिला अध्यक्ष बनेकी छ ।

Nepal life insurance

उनले अन्य चार प्रतिष्पर्धीलाई पछि पार्दै पार्टीको अध्यक्ष बनेकी हुन् । पहिलो चरणमा उनले १८३ मत पाएर शिर्ष स्थानमा रहेकी थिइन् भने दोस्रो चरणमा १८५ मत पाएर विजयी भएकी थिइन् ।

जापानमा, बहुमत प्राप्त दलको अध्यक्ष प्रधानमन्त्री बन्नेछन । अब जापानको तल्लो र उपल्लो सदनमा हुने मतदानले उनी प्रधानमन्त्री बन्ने या नबन्ने निश्चित गर्ने जापानी मिडिया एनएचकेले जनाएको छ । यद्यपी जापानको दुवै सदनमा एलडिपीको बहुम बहुमत रहेको छैन । ४५ बर्षिय ताकाइचीले संसदमा बहुमत प्राप्त गरिन् भने, उनी जापानको पहिलो महिला प्रधानमन्त्री बन्नेछिन् भने उनी देशको सबैभन्दा कान्छी प्रधानमन्त्री पनि बन्नेछिन ।

साने ताकाइचीलाई एलडिपीकी दक्षिणपन्थी रूढिवादी नेता मानिन्छ ।

शिगेरु इशिबा सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री बनेक थिए । उनी पार्टीमा ‘बाहिरी’ थिए, जसको अर्थ उनको कुनै गडफादर थिएन । उनले मुद्रास्फीति र आर्थिक समस्याहरू समाधान गर्ने वाचा गरे, तर सोचे अनुसार काम गर्न सकेनन भने एलडीपी-कोमेइतो गठबन्धनले अक्टोबर २०२४ मा तल्लो सदन (प्रतिनिधि सभा) को चुनावमा बहुमत गुमाएपछि जुलाई २०२५ मा माथिल्लो सदन (काउन्सिलरहरूको सभा) को चुनावमा उनको दलले ठूलो हार बेहोर्यो। १९५५ पछि पहिलो पटक पार्टीले दुवै सदनमा बहुमत गुमाएपछि उनले राजीनामा दिएका थिए ।

 

Nepal life insurance