रास्वपा सचिवालय बैठकमा कार्तिक १४ र १५ गते बस्ने विस्तारित बैठकको खाकाबारे छलफल

imagesimages

 

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।

Nepal life insurance

कार्तिक १४ र १५ गते गर्ने भनिएको विस्तारिक बैठकको खाका, सहभागिताको कार्यविधि र एजेण्डाहरुबारे पनि छलफल भएको पार्टीका प्रवक्ता मनिष झाले बताउनु भयो । उहाँकाअनुसार बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले प्रश्तुत गर्नुहुने राजनीतिक प्रतिवेदनबारे पनि छलफल भएको बताउनु भयो ।

नेपालभर गत हप्ता भएको विपद्जन्य क्षतिको उद्धार र सहयोगमा पार्टीले गरेको सहयोगबारे पनि छलफल भएको बताउनु भयो । सद्भाव यात्राबारे पनि छलफल भएको बताउनु भयो ।

शुक्रवार ११ बजेदेखि सचिवालय बैठक बस्ने जानकारी दिनुभयो । जेन जी आन्दोलनबारे धारणा राख्ने नेपालमा भएका राजनीतिक दलहरुमध्ये रास्वपा पहिलो दल भएको दाबी गर्नुभयो । जेन जी आन्दोलनमा भएको दमनबारे उच्चस्तरीय न्यायिक छानविन समिति बनाएर छानविन हुनुपर्ने र कानूनअनुसार सजाय तोकिनुपर्ने बताउनु भयो ।

 

Nepal life insurance

अन्य समाचारहरु