





दोहा – ११ औं कतारा अरबी उपन्यास महोत्सव शुरु भएको छ । अक्टोबर १३ देखि १९ सम्म कतारको दोहास्थित कतारा सांस्कृतिक गाउँमा आयोजना भइरहेको हो । महोत्सवको प्रमुख विशेषता कतारा पुस्तक मेला हो ।


जुन अहिले यसको तेस्रो संस्करणमा छ । जसले लगभग ९० कतारी र अरब प्रकाशकहरूका कृतिहरू प्रश्तुत गर्दछ ।
मेलाको लक्ष्य उपन्यास, छोटो कथा, कविता र साहित्यिक आलोचना सहित साहित्यमा विशेष जोड दिँदै विभिन्न विधाका नवीनतम प्रकाशनहरूलाई हाइलाइट गर्नु हो ।



