आज प्रेम का कुरा……….

imagesimages

 

आज प्रेम का कुरा……….

विश्वास जहाँ रोपिन्छ प्रेम त्यहीँ फूल्छ;
प्रेम जहाँ फूल्छ,
जीवन त्यहीँ अमर बगैँचाजस्तै हरियालि हुन्छ।

जीवन डरले होइन, सन्तुलन र समर्पणले लेखिन्छ। सन्तुष्टि भनेको हरेक पलमा प्रेम खोज्ने क्षमता हो।

मलाई शब्दहरूसँग यति गहिरो प्रेम छ कि..!
कुनै दिन ती शब्दहरूकै पात्र तिमी बन्यौ भने
संसारभरिका उपन्यासहरूले पनि
हाम्रो प्रेमको गहिराइ नाप्न सक्नेछैनन्।
त्यसैले
छुनै परे आत्मा छुन्छु,
शरीर त केवल आवरण हो।
म प्रेम गर्छु त्यो उज्यालोलाई,
जो तिमीभित्र मात्र बाँच्दछ।

-गङ्गा ज्ञवाली

 

Nepal life insurance

अन्य समाचारहरु