युगाण्डा बैठकः बहुपक्षीयताको लागि एनएएम मन्त्रीहरूको आह्वान

imagesimages

 

काठमाडौँ । असंलग्न आन्दोलन (एनएएम) का सदस्य राष्ट्रहरूका विदेश मन्त्रीहरूले बढ्दो भूराजनीतिक तनावको बीचमा बहुपक्षीयताको लागि आह्वान गरेका छन् । बुधवार र बिहीवार युगाण्डाको राजधानी कम्पालामा बैठक भएको हो ।

बैठकको अध्यक्षता गरेका युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले कुनैपनि देशले अरूमाथि प्रभुत्व जमाउन खोज्नु नहुने बताउनु भयो । प्रत्येक राष्ट्रलाई आफ्नो विकास मार्ग छनौट गर्ने सार्वभौम अधिकार रहेको बताउनु भयो । मुसेभेनीले देशहरूलाई व्यापार, लगानी र पर्यटन जस्ता साझा लाभका क्षेत्रहरूमा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो ।

अफ्रिकी संघ (एयू) आयोगका अध्यक्षको मन्त्रिपरिषद्का उपप्रमुख मुसा मोहम्मद ओमारले विश्वव्यापी प्रणालीमा बढ्दो असन्तुलनलाई ध्यानमा राख्दै असंलग्न आन्दोलनको सान्दर्भिकता पहिलेभन्दा बढी भएको बताउनु भयो । एयू आयोगका अध्यक्ष महमूद अली युसुफको प्रतिनिधित्व गर्ने ओमारले सदस्य राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो सामूहिक हित प्रतिविम्वित हुने कुरा सुनिश्चित गर्न एकतावद्ध रहन आह्वान गर्नुभयो । ग्रेट लेक्स क्षेत्रका लागि संयुक्त राष्ट्र संघ (यूएन) महासचिवका विशेष दूत सिया हुआङले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्न बहुपक्षीयता आवश्यक रहेको बताउनु भयो । उहाँले पूर्वी लोकतान्त्रिक गणतन्त्र कंगोमा बिग्रँदै गएको मानवीय अवस्थाप्रति पनि चिन्ता व्यक्त गर्नुभयो ।

 

 

Nepal life insurance

अन्य समाचारहरु