अमेरिकाको नयाँ भन्सार दरपछि भारतको चीनमा निर्यात २२ प्रतिशतले बढ्यो

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ । अमेरिकाको ५० प्रतिशत भन्सार शुल्क लगाएपछि, भारतले चीनमा आफ्नो निर्यात बढाएको छ । २०२५-२६ को पहिलो छ महिनामा, गत वर्षको सोही अवधिको तुलनामा निर्यात २२ प्रतिशतले बढेको छ ।

Nepal life insurance

अप्रिल देखि सेप्टेम्बर २०२५ सम्म, भारतले चीनलाई ८.४१ बिलियन डलर मूल्यका सामानहरू बेचेको छ, जुन गत वर्ष ६.९० बिलियन डलर थियो । यो वृद्धि टेलिफोन सेटका पार्टपुर्जा, झिंगे माछा र आल्मुनियम जस्ता वस्तुहरूबाट भएको हो ।

अप्रिल-सेप्टेम्बरमा पेट्रोलियम उत्पादनहरूको निर्यात ११६ प्रतिशतले बढेर ६८६ मिलियन डलरबाट १.४८ बिलियन डलर पुगेको छ । टेलिफोन सेटका पार्टपुर्जाको निर्यात १६२ प्रतिशतले बढेको छ । जमेको झिंगे माछा र झिंगे माछाको निर्यात २५ प्रतिशतले बढेर १७८ मिलियन डलरबाट ४६७ मिलियन डलर पुगेको छ ।

जमेको झिंगे माछा र झिंगे माछाको निर्यात २५ प्रतिशतले बढेर ३७३ मिलियन डलरबाट ४६७ मिलियन डलर पुगेको ६ महिनाको रिपोर्टमा उल्लेख छ । त्यसैगरी आल्मुनियम निर्यात ५९ प्रतिशतले बढेर १९१ मिलियन डलर पुगेको छ र सल्फर निर्यात १७५ प्रतिशतले बढेर ११६ मिलियन डलर पुगेको छ ।

निर्यातमा केही नयाँ वस्तुहरू पनि थपिएका छन् । उदाहरणका लागि, गत वर्ष शून्य निर्यात भएको ओएलईडी फ्ल्याट प्यानल डिस्प्ले मोड्युलहरू अब २४६ मिलियन डलर पुगेको छ ।

भारतीय निर्यात संगठन महासंघका सीईओ अजय सहायले २२ प्रतिशत वृद्धिले निर्यातकर्ताहरूको प्रतिस्पर्धात्मकतालाई संकेत गरेको र विशेष गरी झिंगा, आल्मुनियम र टेलिफोन पार्टपुर्जामा यस्तो देखिएको बताएका छन् । उनले यसलाई अहिले नै संरचनात्मक परिवर्तन भन्न नसकिने बताएका छन् ।

अगस्ट २७ मा भारतबाट अमेरिका पठाइएका सामानहरूमा ५० प्रतिशत भन्सार लागू भएको थियो । ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभले यो भन्सार दरले भारतको लगभग ६१ हजार करोडको निर्यातलाई असर गर्न सक्ने बताएको छ ।

 

Nepal life insurance