





काठमाडौँ । ¥यापिड सपोर्ट फोर्सेसले शहर कब्जा गरेको दाबी गरेपछि पश्चिमी सुडानको डार्फर क्षेत्रको एल फासरमा दर्जनौं नागरिक मारिएका छन् । संयुक्त राष्ट्रसंघले बिग्रँदै गएको मानवीय विपत्तिको चेतावनी समेत दिएको छ । सुडान डाक्टर्स नेटवर्क एक स्वयंसेवी चिकित्सा समूहले एल फासरमा जातीय रूपमा आधारित मृत्युदण्ड र भयानक नरसंहार गरेको बताएको छ । प्रारम्भिक रिपोर्टहरूले मृत्युको संख्या दर्जनौं पुगेको बताइएको छ ।


स्थानीय कार्यकर्ताहरूले शहरबाट भाग्न खोज्ने हजारौं नागरिकहरू सेनाद्वारा मारिने वा हिरासतमा लिइने जोखिममा छन् । एल फाशेरमा रहेको प्रतिरोध समितिहरूको समन्वयले लडाईंमा फसेकाहरूका लागि सुरक्षित करिडोरहरू सिर्जना गर्न अन्तर्राष्ट्रिय हस्तक्षेपको लागि आग्रह गरेको छ । आरएसएफले एल फाशेरको पूर्ण नियन्त्रण लिएको बताएको छ ।



