टर्कीद्वारा बेलायतबाट २० वटा युरोफाइटर टाइफुन जेटका लागि १० अर्ब अमेरिकी डलरको सम्झौता

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ ।टर्किएले बेलायतबाट ८ अर्ब पाउण्ड (१०.६४ अर्ब अमेरिकी डलर) मा २० वटा युरोफाइटर टाइफुन लडाकु जेट किन्ने सम्झौतामा हस्ताक्षर गरेको छ । अंकाराले अशान्त क्षेत्रीय परिदृश्यको बीचमा आफ्नो रक्षा क्षमतालाई सुदृढ पार्न खोजिरहेको बेला यो सम्झौता भएको हो । बेलायती प्रधानमन्त्री केयर स्टारमरको उपस्थितिमा अंकारामा भएको १० वर्षे सम्झौताको हस्ताक्षर समारोहपछि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सम्झौतालाई दुई नजिकका सहयोगीहरू बीचको रणनीतिक सम्बन्धको नयाँ प्रतिकका रुपमा चित्रण गर्नुभयो । यसले रक्षा उद्योगमा संयुक्त परियोजनाहरूको ढोका पनि खोल्ने विश्वास व्यक्त गर्नुभयो ।

युरोफाइटर टाइफुन लडाकु जेटहरूको खरिदको लागि कार्यान्वयन व्यवस्था अन्तर–प्रतिनिधिमण्डल बैठकहरूमा हस्ताक्षर गरिएको थियो । स्टारमरले आफ्नो तर्फबाट दुई देशहरू एक बलियो रणनीतिक साझेदारीतर्फ एक कदम अघि बढेको बताउनु भयो ।

दुई देशहरू बीचको यो सहयोगको पहिलो चरणको साथ बेलायतले टर्कीलाई २० युरोफाइटर टाइफुन जेटहरू आपूर्ति गर्नेछ । जुलाई २०२४ मा बेलायती प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेपछि स्टारमरको टर्कीको यो पहिलो भ्रमण हो । यात्राको क्रममा दुई नेताहरूले अंकाराको राष्ट्रपति परिसरमा एक–एक वार्ता गरेका छन् । त्यसपछि अन्तर–प्रतिनिधिमण्डल बैठकहरू गरेका थिए । यसअघि दिनको शुरुमा टर्कीका रक्षामन्त्री यासर गुलरले पत्रकारहरूलाई देशले कतारबाट १२, ओमानबाट १२ र बेलायतबाट २० वटा कुल ४४ युरोफाइटर टाइफुन जेटहरू खरिद गर्ने योजना बनाएको बताउनु भयो । अर्को वर्षको शुरुमा डेलिभरी शुरु हुने अपेक्षा गरिएको छ ।

 

Nepal life insurance