गाजामा इजरायली आक्रमणः एक सय प्यालेस्टिनीको मृत्यु

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ ।  मंगलवार अबेरदेखि बुधवारसम्म गाजा पट्टीमा इजरायली आक्रमणमा कम्तिमा एक सय प्यालेस्टिनीको मृत्यु भएको छ । जुन अक्टोबर १० मा युद्धविराम सम्झौता लागू भएदेखिको सबैभन्दा धेरै हो ।

Nepal life insurance

एक प्रेस विज्ञप्तिमा, गाजाका स्वास्थ्य अधिकारीहरूले २७ शवहरू अल–शिफा अस्पतालमा, १० गाजा शहरको अल–अहली ब्याप्टिस्ट अस्पतालमा, ३१ अल–अवदा अस्पतालमा, १२ मध्य गाजाको अल–अक्सा अस्पतालमा र २० जना दक्षिणको खान युनिसको नासेर अस्पतालमा लगिएको बताएका छन् । गाजामा नागरिक रक्षाका प्रवक्ता महमूद बसालले तिब्र इजरायली हवाई आक्रमणले गाजा पट्टीमा विस्थापित मानिसहरूलाई आश्रय दिने आवासीय घरहरू र पालहरूलाई लक्षित गरेको बताउनु भयो ।

उहाँले मृत्यु हुनेहरूमा ३५ बालबालिका रहेको बताउनु भयो । गाजामा कमाण्ड पोजिसनमा रहेका ३० जना लडाकूहरूलाई लक्षित गर्दै इजरायल सुरक्षा एजेन्सीसँग संयुक्त आक्रमण गरेको बताएको छ । – AGENCY

 

Nepal life insurance