





काठमाडौँ । हमासले बुधवार इजरायलसँगको युद्धविराम सम्झौताप्रति प्रतिवद्ध रहेको बताएको छ । साथै इजरायलले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ । एक प्रेस विज्ञप्तिमा हमासले गाजामा इजरायलको हालैको आक्रमणले अमेरिकी प्रशासनको संलग्नताको बीचमा युद्धविराम सम्झौतालाई कमजोर पार्ने र बल प्रयोग गरेर नयाँ वास्तविकताहरू लाद्ने आफ्नो मनशाय प्रकट गरेको बताएको छ ।

इजरायल र हमासले हालैका दिनहरूमा युद्धविराम उल्लंघनको लागि दोषारोपण गर्दै आएका बेला यो विज्ञप्ति आएको हो । रातभरको आक्रमणमा ४६ बालबालिका र २० महिलासहित १०४ प्यालेस्टिनीको मृत्यु भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बुधवार बताएका छन् ।

प्रतिक्रियामा हमासले मंगलवार राति हुने भनिएको इजरायली बन्धकको शव हस्तान्तरण स्थगित गरेको बताएको छ । इजरायलले युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप लगाएको छ । बुधवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायम रहने बताउनुभएको छ । साथै इजरायलले आफ्नो सैनिक मारिएकोले प्रतिक्रिया दिनुपर्ने बताउनुभएको छ ।



