बर्षापछि दाउन्ने सडक अवरुद्ध

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणघाट सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ ।

सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडकमा विहिबार बिहानदेखिको वर्षाका कारण चिप्लो भएर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको छ ।

बिहानैदेखि परेको पानीका कारण बाटो हिलो र चिप्लो हुँदा सवारीसाधन पश्चिमतर्फ जान सकेका छैनन् भने दाउन्ने खण्डमा मालवाहक सवारीसाधन उकालो चढ्न नसकेपछि बिहानदेखि नै दुम्कीवास र बर्दघाटमा रोकिएका छन् ।

 

Nepal life insurance