काँग्रेसमा महाधिवेशनको विषय पेचिलो बन्दै, शेखर र महामन्त्रीद्वयबीच छलफल

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ । नेपाली काँग्रेसमा महाधिवेशनको विषय पेचिलो बन्दै गएको छ । विहिबारको केन्द्रीय समितिको बैठक महामन्त्री गगन थापाले बहिष्कार गरेपछि यसलाई गगनको विद्रोहको रुपमा हेरिएको छ ।

Nepal life insurance

मङ्सिर भित्र नियमित वा विशेष महाधिवेशनको कार्यतालिका केन्द्रीय समितीको बैठमा पेश गर्ने प्रयासमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति नजनाएपछि महामन्त्री थापाले विहिबारको बैठकनै बहिष्कार गरेका थिए ।

यसैबीच कांग्रेसका नेता शेखर कोइरालाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूसँग कांग्रेसमा देखिएको अहिलेको विवादका विषयमा छलफल गरेका छन् ।

शुक्रबार बिहान भएको छलफलमा कोइराला पक्षका अन्य नेताहरु पनि सहभागी रहेका थिए । उनीहरुले नियमित महाधिवेशन कार्यतालिका ल्याउने विषयमा छलफल गरेको बताइएको छ ।

साथै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसमेत बुझाएको विषय पनि जारी केन्द्रीय समितिले निर्णय गर्नुपर्ने अवस्था रहेको छ ।

कांग्रेसमा अहिले नियमित महाधिवेशन गर्ने की विशेष महाधिवेशन गर्ने र कहिले गर्ने भन्नेमा विवाद रहेको छ । संस्थापन पक्ष तत्काल महाधिवेशनमा जान चाहेको छैन भने दुई महामन्त्री र शेखर कोइराला पक्ष तत्काल महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको छ । कांग्रेसको अहिलेको कार्यसमितिको पदावधि मङ्सिर महिनासम्म रहेको छ भने बिधानमा एक बर्ष पदावधि थप्न सकिने वयवस्था रहेको छ ।

गत असोज २८ गतेदेखि जारी रहेको केन्द्रीय समितिको बैठक आज पनि दिउसो १ बजे बस्दैछ ।

 

Nepal life insurance

अन्य समाचारहरु