श्रीलंकामा महिलाको जनसंख्या बढी, वृद्धवृद्धाको संख्या बढ्दै

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ । श्रीलंकाको पछिल्लो जनसंख्या प्रतिवेदनले देशको सामाजिक र जनसांख्यिकीय अवस्थाको नयाँ तस्वीर प्रस्तुत गरेको छ ।

२०२४ को जनगणना अनुसार, देशको कुल जनसंख्या २ करोड १७ लाख छ, जसमा महिला ५१.७ प्रतिशत र पुरुष ४८.३ प्रतिशत रहेका छन् । यो तथ्याङ्कले अब देशको जनसंख्याको आधाभन्दा बढी महिलाहरू रहेको देखाएको छ । विज्ञहरूले यसलाई शिक्षा, स्वास्थ्य सेवा र महिला सशक्तिकरणमा भएको सुधारको महत्वपूर्ण सूचक मानेका छन् ।

Nepal life insurance

प्रतिवेदन अनुसार, शहरी क्षेत्रमा महिलाहरूले जनसंख्याको ५१.९ प्रतिशत प्रतिनिधित्व गर्छन्, जबकि ग्रामीण र इस्टेट (चिया बगान) क्षेत्रहरूले क्रमशः ५१.७ र ५१.४ प्रतिशत प्रतिनिधित्व गर्छन् । पुरुषहरूले शहरी क्षेत्रमा ४८.१ प्रतिशत, ग्रामीण क्षेत्रमा ४८.३ प्रतिशत र इस्टेट क्षेत्रमा ४८.६ प्रतिशत प्रतिनिधित्व गर्छन् ।

यो प्रवृत्तिले महिला जनसंख्यामा भएको वृद्धि देशभर समान रूपमा वितरित भएको संकेत गर्छ । जनसंख्या विज्ञहरूका अनुसार, यो परिवर्तन शिक्षा र स्वास्थ्य सेवामा भएको सुधार, मातृ मृत्युदरमा आएको गिरावट र महिलाहरूको बढ्दो आयुद्वारा प्रेरित रहेको छ ।

जनगणना तथा तथ्याङ्क विभागको प्रतिवेदनले अर्को ठूलो सामाजिक परिवर्तन देखाएको छ । जसमा १५ वर्ष मुनिको जनसंख्या २०१२ मा २५.२ प्रतिशतबाट घटेर २०२४ मा २०.७ प्रतिशतमा पुगेको छ, जसको अर्थ देशको युवा जनसंख्या द्रुत गतिमा घट्दै गएको छ । साथै, ६५ वर्षभन्दा माथिका नागरिकहरूको संख्या ७.९ प्रतिशतबाट बढेर १२.६ प्रतिशत पुगेको छ । विज्ञहरूका अनुसार, यो परिवर्तनले श्रीलंका ‘वृद्ध समाज’ तर्फ अघि बढिरहेको संकेत गर्छ, जसको अर्थ जन्मदर घट्दै जाँदा वृद्धवृद्धाको संख्या द्रुत गतिमा बढिरहेको छ । १५ देखि ६४ वर्ष उमेर समूहका काम गर्ने जनसंख्यामा पनि थोरै गिरावट आएको छ, २०१२ मा ६६.९ प्रतिशतबाट अहिले ६६.७ प्रतिशत पुगेको छ ।

जातीय रूपमा, सिंहली समुदाय श्रीलंकामा सबैभन्दा ठूलो समूह हो, जसको जनसंख्या ७४.१ प्रतिशत छ । यसपछि श्रीलंकाली तमिलहरू १२.३ प्रतिशत, मुस्लिमहरू १०.५ प्रतिशत र भारतीय मूलका तमिलहरू २.८ प्रतिशत रहेका छन् । त्यस्तै बर्गर, मलाय, श्रीलंकाली चेट्टी, भरत र आदिवासी वेद्दा समुदायहरू ०.३ प्रतिशत छन् । यी तथ्याङ्कहरूले देशको जातीय विविधता कायम रहेको संकेत गर्दछ, यद्यपि सिंहली बहुमत भएको समाज सधैं जस्तै बलियो नै दखिएको छ ।

धर्मको हिसाबले, श्रीलंकामा बौद्ध धर्मावलम्बीहरू बहुमतमा छन्, जसको संख्या ६९.८ प्रतिशत छ । हिन्दूहरू १२.६ प्रतिशत, मुस्लिमहरू १०.७ प्रतिशत, रोमन क्याथोलिकहरू ५.६ प्रतिशत र ईसाईहरू १.३ प्रतिशत रहेका छन् ।

 

Nepal life insurance