अल्फाबेटको ‘माइलस्टोन त्रैमासिक’, पहिलो पटक तीन महिनामा १०० अर्ब डलरको आम्दानी

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ । गुगलको मूल कम्पनि अल्फाबेटले २०२५ को तेस्रो त्रैमासिकमा पहिलो पटक १०० अर्ब डलरको राजस्व हासिल गरेको छ ।

सीईओ सुन्दर पिचाईले यसलाई ‘माइलस्टोन त्रैमासिक’ को रूपमा वर्णन गरेका छन्, अल्फाबेटले अनुसन्धान, युट्युब र क्लाउड जस्ता कम्पनीमा दोहोरो अंकको वृद्धि हासिल गरको छ । पाँच वर्षअघि कम्पनीको त्रैमासिक राजस्व ५० अर्ब डलर मात्र थियो ।

Nepal life insurance

गूगलको एआईतर्फ ४० भाषाहरूमा एआई मोडहरू उपलब्ध छन् जसमा दैनिक ७५ मिलियन दैनिक प्रयोगकर्ताहरू रहेका छन् । यसमा ग्राहक वृद्धि ३४ प्रतिशत रहेको छ ।

एआईबाट गुगलले १३ उत्पादन लाइनहरूबाट एक अर्बभन्दा बढीको वार्षिक आम्दानी हासिल गरेको छ । त्यस्तै युट्युबको आम्दानी पनि दोहोरो अंकमा वृद्धि भएको छ भने सर्ट्स सुविधाले परम्परागत भिडियो भन्दा बढी राजस्व उत्पन्न गरिरहेको छ ।

त्यस्तै जेमिनीमा १ करोड ३० लाख भन्दा बढी डेभलपरले गुगलको जेनेरेटिभ एआई मोडेलहरूसँग काम गरिरहेका छन् ।

गुगलको विकास कथा प्रविधि र नवीनताको उदाहरण हो, जुन १९९८ मा सुरु भएको थियो जब ल्यारी पेज र सर्गेई ब्रिनले स्ट्यानफोर्ड विश्वविद्यालयमा खोज इन्जिन परियोजनाको रूपमा गुगल सुरु गरेका थिए । आज, यो विश्वको चौथो ठूलो कम्पनी बनेको छ र  गुगल समुह एल्फावेटको बजार मुल्य हाल ३२४ ट्रिलियन डलर रहेको छ ।

 

Nepal life insurance