अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी नरहेको टिप्पणी गर्नुभएको छ ।

Nepal life insurance

रुपन्देहीमा शुक्रवार सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचारीहरुलाई स्वीकारेर निर्वाचित गराउने जनता पनि बराबर दोषी रहेको बताउनु भयो । उहाँले आफूले संसदमा धेरै पहिलादेखि बंगलादेशको अविगत भोग्नुपर्ने चेतावनी दिँदा कसैले नसुनेको गुनासो गर्नुभयो । जनतालाई सत्य कुरा बुझाउनुपर्ने जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेका जुन विकराल परिस्थिति छ, भ्रष्टाचारीलाई स्वीकारेर पठाउने जनता नै हुन् । अहिलेको परिस्थितिमा राजनीतिक दलका नेता मात्रै जिम्मेवार छैनन् । मैले बंगलादेशको हविगत व्यहोर्नुपर्छ भनेर मैले भनेको थिएँ । सत्य कुरा जनतालाई बुझ्न समय लाग्छ । हाम्रा पनि कमी कमजोर भिए होलान् । जनतासँग हामीले पनि बुझाउनुपर्ने हुन्छ ।’

उहाँले राजनीतिक दलहरुले आफ्नो स्वार्थका लागि विदेशी मुलुकको मुद्दा बोक्ने गरेको आरोप लगाउनु भयो ।

 

Nepal life insurance

अन्य समाचारहरु