नेपाल जेन-जी फ्रन्ट घोषणा, रक्षा बम संयोजक

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ । रक्षा बमको नेतृत्वमा नेपाल जेन-जी फ्रन्ट घोषणा गरिएको छ ।

शुक्रबार रक्षाको नेतृत्वमा ३९ सदस्यको संयोजन समितिको घोषणा गरिएको छ ।  फ्रन्टमा युजनराज भण्डारी (संगठन समिति), यतिष ओझा (सूचना सञ्चार समिति), मनिष खनाल (संवाद समिति), आदित्य कर्ण (प्रदेश समन्वय समिति) लगायत ३८ जना सदस्य छन् ।

Nepal life insurance

भाद्र २३ र २४ मा सम्पन्न जेन-जी विद्रोहलाई संस्थागत गर्न राज्यसँग सम्झौता गर्ने एजेण्डाहरू एकीकृत गर्ने र यस विद्रोहसँग जोडिएका सबै व्यक्ति, समूह, संघ र सङ्गठन तथा यस विद्रोहप्रति शुभेच्छा र सद्भाव राख्नुहुने सम्पूर्ण नेपाली नागरिकमा एकताको आह्वान गर्ने उद्देश्यका साथ ‘नेपाल जेन‍-जी फ्रन्ट’ गठन गरिएको बताइएको छ ।

हाल प्रारम्भिक रूपमा गठन गरिएको र यसमा जोडिन चाहने सम्पूर्णका लागि खुला रहेको समेत जानकारी दिइएको छ ।

 

Nepal life insurance

अन्य समाचारहरु