ट्रम्पले हटाए वर्क परमिट स्वचालित नविकरण हुने व्यवस्था

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरूमा नयाँ नियम लागु गरेका छन् । आप्रवासी कामदारहरूले अब स्वचालित रुपमा वर्क परमिट नविकरण नहुने भएको छ । अक्टोबर ३१ देखि, वर्क परमिट नविकरणका लागि रोजगार प्राधिकरण कागजात आवश्यक पर्ने नियम लागु भएको छ ।

Nepal life insurance

यो आदेशले लाखौं आप्रवासीलाई असर गर्ने अपेक्षा गरिएको छ । रोजगार प्राधिकरण कागज कामदारको कम्पनीले जारी गर्ने गर्दछ । यसअघि यदि कुनै कामदार ३-४ वर्षदेखि कार्यरत छ भने, वार्षिक रूपमा स्वचालित रुपमा नविकरण हुने व्यवस्था रहेको थियो । तर अब, नयाँ व्यवस्था अनुसार कम्पनीले जारी गर्ने रोजगार प्राधिकरण कागजको आधारमा मात्र वर्क परमिट नविकरण हुने भएको छ ।

त्यस्तै एच- १ बी, ग्रीन कार्ड, एल- १बी (कम्पनी स्थानान्तरण), ओ (प्रतिभा भिसा), वा पी (घटना-आधारित भिसा) भिसामा अमेरिका आउने आप्रवासीहरू नयाँ नियमबाट प्रभावित हुने छैनन् । तिनीहरूको यसअघिकै जस्तै स्वचालित रुपमा नै नवीकरण हुने छ ।

यसअघि जो बाइडेनले रोजगार प्राधिकरण कागज जारी नगरेकाहरुका लागि २०२४ सम्म ५४०-दिनको ग्रेस अवधि प्रदान गरेका थिए । यस अवधिमा आप्रवासी कामदारहरूले नयाँ जागिर पाउन सक्थे, तर ट्रम्प प्रशासनले अब यो व्यवस्था हटाएको छ ।

 

Nepal life insurance