नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा प्रचण्ड र सहसंयोजकमा नेपाल चयन

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।

काठमाडौँको भृकुटीमण्डपमा जारी एकता राष्ट्रिय सम्मेलनले प्रचण्डलाई संयोजकमा चयन गरेको हो । त्यस्तै सम्मेलनले माधवकुमार नेपाललाई सहसंयोजक चयन गरेको छ ।

Nepal life insurance

त्यस्तै सम्मेलनले नेपाली कम्युनिस्ट पार्टीको २३ बुँदे प्रतिबद्धता जारी गरिएको छ । प्रतिबद्धतामा राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता संरक्षण गर्ने, जनताप्रति निष्ठावान रहेन, मार्क्सवाद र लेनिनवादको नेपालमा सिर्जनात्मक ढंगले लागू गर्ने, वैज्ञानिक समाजवादको स्थापनाकाको लक्ष्यमा अघि बढ्ने, लोकतान्त्रिक गणतन्त्तमा प्रतिबद्ध र गणतन्त्रको सुदृढीकरण र राज्यका अंग रूपान्तरण उल्लेख छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ वाम दलको एकता भएको हो । जसमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी, नेकपा माओवादी समाजवादी, नेकपा साम्यवादी र देशभक्त समाजवादी मोर्चा रहेका छन् । नयाँ दलको चुनाव चिन्ह पाँचकुने तारा प्रस्तावित गरिएको छ ।

यसअघि यो एकताप्रति असहमति राखेका नेता झलनाथ खनाल पनि एकता सम्मेलनमा सहभागी भएका छन् ।

 

Nepal life insurance

 

अन्य समाचारहरु