म्यान्मारबाट १४ नेपालीको उद्धार

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ । म्यान्मारबाट १४ नेपालीको उद्धार गरिएको छ । थाइल्याण्डको बैंककस्थित नेपाली दुताबारका अनुसार अवैधरुपमा म्यान्मार पुगेर विभिन्न अनलाइन स्क्यामिङ्ग केन्द्रहरूमा काममा लगाइएका १४ नेपालीको उद्धार गरेर बुधबार काठमाडौँ पठाइएको छ ।

दुताबासले म्यानमारमा रहेका थप ११ जना नेपालीहरूलाई यथासिघ्र नेपाल फर्काउने गरी म्यानमार तथा थाईल्याण्डका सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ ।

म्यानमारको म्यावडीमा रहेका विभिन्न स्क्यामिङ्ग केन्द्रहरूबाट १९ अक्टोबर २०२५ पश्चात ३८ जना नेपालीहरू समेत विभिन्न २८ मुलुकका २००० भन्दा बढी विदेशीहरू थाईल्याण्ड प्रवेश गरेका थिए । उक्त ३८ जना नेपालीहरूलाई समेत नेपाल फर्काउनको लागि थाईल्याण्डको सम्बन्धित निकायसँग समन्वय भईरहेको दुताबासले जानकारी दिएको छ ।

सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभले कम्वोडिया, लाओस, म्यानमार थाइल्याण्डलगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

 

Nepal life insurance