समाजवादीसँगको एकता ऐतिहासिक र असाधारणः संयोजक दाहाल

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले एकीकृत समाजवादी लगायतका कम्युनिष्ट घटकहरुसँगको पार्टीे एकता ऐतिहासिक र असाधारण रहेको बताउनुभएको छ ।  बुधवार काठमाडौंमा आयोजित एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले यस्तो बताउनुभएको हो । यो एकतालाई आत्मसमिक्षा र सुधारको अवसरको रूपमा लिन उहाँले सबैमा आग्रह समेत गर्नुभयो ।

उहाँले विगतमा भएका कमी कमजोरीहरुको आत्मसमिक्षा गर्दै नेपाली समाजमा आधारित वैज्ञानिक समाजवाद निर्माणतर्फ अघि बढ्ने पनि बताउनु भयो । उहाँले विगतमा भएका कम्युनिष्ट एकतालाई स्मरण पनि गर्नुभयो । उहाँले मुलुकलाई सबै प्रकारका संकटबाट मुक्त गर्ने सवालमा कम्युनिष्ट पार्टीको अग्रणी भूमिका रहेको उल्लेख गर्दै उहाँले त्यसको शुरुवात आजदेखि सुरु भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आजको एकता हाम्रो कमजोरी कहाँ भयो ? हामी कहाँ चुक्यौं ? भन्ने कुराको आत्मसमिक्षा गर्ने ऐतिहासिक अवसर पनि हो । हामीले समिक्षा गरेका छौं । हामी समिक्षा गर्दै जानेछौं । त्यसकारण यो असाधारण एकता र ऐतिहासिक दिनमा हामीले यो संकल्प लिएका छौं । हामीले हाम्रै भूमि र हाम्रै विषेशतामा समाजवाद निर्माण गर्ने हो । हाम्रो एकता वार्ता चलेपछि मैले वामदेवजीलाई भनेको थिएँ– समाजवादसम्बन्धी पुस्तक दिनुभएको थियो । आन्दोलनको क्रममा जल्यो अर्को किताव दिनुहोस् । अहिले समाजवादको प्रश्न गर्नुभयो । तपाई के गर्नुहुन्छ ? तपाई पनि नेता हो नि ? समाजवाद निर्माणको जिम्मा वामदेवजीलाई नै दिने सोच्दैछु ।’

उहाँले जेन–जी विद्रोहले आफूहरुलाई आत्मसमिक्षा गर्दै अगाडि बढ्ने अवसर सिर्जना गरिदिएकोमा धन्यावाद समेत दिनुभयो ।

 

Nepal life insurance

अन्य समाचारहरु