एकीकृत समाजवादीको अध्याय समाप्त भयो, हामी पार्टी विहिनको अवस्थामा पुग्यौं- रामकुमारी झाँक्री

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले एकीकृत समाजवादीको अध्याय समाप्त भएको बताएकी छन् । बुधबार बिहान पत्रकार सम्मेलन गर्दै नेतृ झाँक्रीले एकीकृत समाजवादी पार्टी विघटन भएसँगै आफुहरुको यो अभियान यहि टुंगिएको बताएकी छन् ।

आफुहरु अहिले शुन्यको अवस्थामा रहेको बताउदै झाँक्रीले जनताका भरोसालाई डोर्याउन एकीकृत समाजवादी निर्माण गरेको तर अहिले बिघटनको अवस्थामा पुगेको उल्लेख गरेकी छन् । उनले भनिन्- ‘यो बाटो अवरुद्ध भयो भन्ने हामीलाई धेरै पहिले नै थाहा थियो । यसअघि हामीले त्यसलाई टुंगाउन विविध कारणले सकेनौं । तर अहिले आएर हाम्रो अभियान विघटन भएको छ । आज जेनजी आन्दोलनको पृष्ठभूमिमा जे जे कुराहरु भए, यो अवस्था ल्याउन हाम्रो पनि केहि भूमिका थियो की, त्यसका लागि माफी चाहन्छौं । हामीले पनि गरेका गल्तिलाई सुधार्न आवश्यक छ ।’

झाँक्रीले आफ्नो पार्टी विघटन भएको र नयाँ बाटोमा जादा एकीकृत समाजवादीमा संगठित भएका सबै नेता कार्यकर्ता एकठाउमा उभिएर सामुहिक पाइला अगाडी बढाउने बताएकी छन् । विभाजनले किमार्थ शक्ति नदिने भन्दै विचार मिल्नेबीच एकता भएर सबै पार्टीमा आन्तरिक लोकतन्त्र बलियो हुनुपर्ने धारणा राखेकी छन् ।

जेनजी आन्दोलनपछि नयाँ दल बनाएर सफल नहुने दाबी गर्दै नेतृ झाँक्रीले युवा पुस्तालाई सके पार्टी बनाएर हस्तक्षेप गर्नु नसके पुरानै विचार मिल्ने दलमा गएर हस्तक्षेप गर्न सुझाव दिएकी छन् ।

 

Nepal life insurance

अन्य समाचारहरु