अर्घाखाँचीमा ‘सामाजिक न्याय र सशक्तिकरण’ कार्यक्रम सम्पन्न : युवासँगै समुदाय अगुवाको सक्रिय सहभागिता (तस्बिर सहित )

imagesimages

 

-टेकराज भुसाल ,अर्घाखाँची ।

अर्घाखाँची । भूमिकास्थान नगरपालिका–४ मा दलित चेतना विकास परिषद् नेपाल, अर्घाखाँचीले “सामाजिक न्याय र सशक्तिकरण कार्यक्रम” अन्तर्गत युवा र समुदाय अगुवासँग छलफल चौतारी कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम दलित महिला संघ र युएन वुमन (UN Women) को साझेदारीमा सञ्चालन गरिएको हो।

Nepal life insurance

कार्यक्रममा परिषद्की कार्यवाहक अध्यक्ष राधा नेपालीले संस्थाले महिलावादी अभियान, समावेशी सशक्तिकरण, र हानिकारक सामाजिक मुद्दा-जस्तै जातीय विभेद, लैङ्गिक हिंसा र अपांगता भएका व्यक्तिहरूको हकहितमा निरन्तर क्रियाशील रहेको बताइन्। उनका अनुसार संस्थाले महिलाको सशक्तिकरण र दिगो विकासका लागि समुदायसँगै मिलेर विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आएको छ।

May be an image of one or more people and text

कार्यक्रममा नगरस्तरिय युवा सञ्जाल भुमिकास्थानका संयोजक टेकराज भुसालले “सामाजिक हानिकारक मूल्यमान्यता अन्त्यका लागि पुरुष र युवाहरूको सहभागिता” विषयमा प्रशिक्षण प्रदान गरेका थिए।

May be an image of studying

उनले समाजमा विद्यमान गलत सोच, लैङ्गिक असमानता र विभेद अन्त्य गर्न युवाको सक्रिय भूमिका अत्यावश्यक रहेको बताउँदै, युवाहरूले परिवर्तनका लागि सकारात्मक सोच, जिम्मेवारी र नेतृत्व विकास गर्नुपर्नेमा जोड दिएका थिए। भुसालले सहभागी युवाहरूमार्फत गाउँस्तरमा जनचेतना फैलाउने र लैङ्गिक समानतामा आधारित व्यवहारलाई प्रोत्साहन गर्ने सुझावसमेत दिएका थिए।

images

May be an image of one or more people and temple

परिषद्ले अहिले “हाम्रो साहस परियोजना” अन्तर्गत सामाजिक हानिकारक मुल्यमान्यता न्युनिकरण तथा लैङ्गिक समानताका लागि सामाजिक मूल्यपरिवर्तन सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ। उक्त परियोजनाको मुख्य लक्षित समूह महिला, दलित समुदाय र युवा रहेका छन्। यसले सामाजिक कुरीति न्युनिकरण, संस्थागत क्षमता अभिवृद्धि, र लैङ्गिक हिंसा न्यूनीकरण जस्ता उद्देश्यहरू पूरा गर्ने लक्ष्य राखेको छ।

images

May be an image of one or more people and text

कार्यक्रम संयोजक राधा नेपालीका अनुसार, परियोजनाले पछाडि पारिएका समुदायको सशक्तिकरणलाई बल पुर्‍याउँदै, परम्परागत सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। उनले भनिन्, “न्यायबाट टाढा पारिएका, बेसहारा र हिंसाको सिकार महिलाहरूलाई जीविकोपार्जनसँग जोड्न सबैको सहकार्य अपरिहार्य छ।” आर्थिक रूपमा कमजोर महिलालाई आत्मनिर्भर र अधिकारप्राप्त बनाउन परियोजनाले योगदान पुर्‍याउने उनले बताइन्।

images

May be an image of one or more people, people studying, people smiling and text

कार्यक्रममा वडा सदस्य कमला खत्री, भुमा परियार, विजय सुनार, वडा सचिव निलम शाही, पत्रकार अनिल नेपालीलगायतको सहभागिता र सहजीकरण रहेको थियो।

 

Nepal life insurance

Nepal life insurance