



-अनिल नेपाली, अर्घाखाँची।
अर्घाखाँची – सन्धिखर्क नगरपालिका वडा न १० का अध्यक्ष माेहन सिह ठकुरीले उद्यमशिलताको विकासले युवाहरुलाइ स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुका साथै स्थानीय स्रोतसाधनको उपयोग र आयमा बृद्धिहुने बताउनु भएकाे छ ।


कार्यक्रम दलित महिला संघ फेडो र दलित चेतना बिकास परिषद् अर्घाखाँचीको आयोजना र यु एन वमनको साझेदारीमा सञ्चालित १ दिने उधमशीलता विकास कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष ठकुरीले यस्तो बताउनुभएको हाे।

अध्यक्ष ठकुरीले उधमशीलताकाे विकासले मात्र मानिसकाे जिविकाेपार्जन मात्र सिमित नराखेर चाैतफी विकास हुने बताउदै उधमशीलतामा प्ररित गर्न आफुहरूले प्रतिबद्व भएर सहयोग गर्ने बताउनुभएको छ ।

तालिममा व्यवसायिक योजना ,वजारिकरण ,जोखिम पहिचान ,व्यवसाय कसरी गर्ने ,व्यवसाय गर्दा आउने जोखिम, फाईदा, असल व्यवसायीमा हुनुपर्ने गुणहरु लगायतका विषयमा छलफल गरिएको घरेलुु तथा साना उधाेग कार्यालय अर्घाखाँचीका उधमविकास सहजकर्ता अरूण कुमार सिहले बताउनुभएको छ ।

तालिममा निम्न आय भएका महिला दलित लगायतलाई उद्यमशिलता वारे जानकारी गराई आय आर्जन वृद्धि गरि आत्म निर्भर वन्न सहयोग पुर्याउने उदेश्य ले तालिमको आयोना गरिएको फाेकल प्रशन राधा नेपालीले बताउनुभएको छ ।


कार्यक्रममा मानव अधिकार र सामाजिक समाबेशीकरण लगायतका बारेमा पत्रकार शाेभाखर पन्थी लगायतले प्रशीक्षण दिनु भएको थियोे ।

कार्यक्रम सस्थाकी सचिव बसन्ता आचार्य विककाे अध्यक्षता फाेकल प्रशन राधा नेपाली काे सञ्चालनमा सम्पन्न कार्यक्रममा सञ्चारकर्मी लगायत महिलाहरूकाे उल्लेखनीय सहभागीता रहेको थियोे।
थप तस्बिर :





