पहिलो पाइला नेपाल- बुटवल शाखाद्वारा कर्णाली प्रदेशमा एकैपटक ३ वटा ऐतिहासिक सामाजिक कार्यक्रम सम्पन्न। (तस्बिर सहित )

imagesimages

 

“मानवताको लागि एक कदम — भाग्य बोक्ने झोला अभियान ”

पहिलो पाइला नेपाल – बुटवल साखा द्वारा कर्णाली प्रदेशमा एकैपटक ३ वटा ऐतिहासिक सामाजिक कार्यक्रम सम्पन्न।

-प्रकाश जि सी।

वीरेन्द्रनगर–८, सुर्खेतस्थित बादी सरोकार मञ्च मा आश्रित ११० जना भाइ–बैना विद्यार्थी लाई शिक्षा यात्रामा हौसला मिलोस् भन्ने उद्देश्यले भाग्य बोक्ने झोला अभियान अन्तर्गत विद्यालय झोला, कापी, ज्यामिति बक्स, कलम, टिफिन बक्स, पानीको बोतल तथा रुमाल वितरण गरिएको छ। उक्त अभियानका संयोजक  सोमनाथ खनाल रहनु भएको थियो ।

शिक्षासँगै स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण हुने भएकाले, पहिलो पाइला नेपाल – बुटवल साखा द्वारा डा. सन्तोष क्षेत्री को सहयोगमा निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा प्रदान गरिएको थियो। उक्त कार्यक्रमका संयोजक प्रकाश पोख्रेल रहनु भएको थियो । त्यस्तै, समुदायको दैनिक जीवनमा केही सहजता मिलोस् र बालबालिकाको पोषणमा अवरोध नपरोस् भन्ने उद्देश्यले खाद्य सामग्री वितरण पनि गरिएको थियो। सो कार्यक्र्मका संयोजक नवीन पोख्रेल रहनु भएको थियो ।

May be an image of child and studying

“जहाँ दुख्छ, त्यहीँ पहिलो पाइला नेपाल पुग्छ” यही मूल मन्त्र बोकेर यो सस्था सामाजिक उत्तरदायित्व, सहानुभूति र मानव सेवाको भावना साथ बादी समुदायका बालबालिकाको बीचमा पुगेको छ।

May be an image of ‎one or more people, people studying, table, crowd and ‎text that says "‎fa सरोकार ฉรยนสิา лy पाल ウ5う बादी Sanakar အျးး ቅሞም 누재의 भाग्य बोक्ने कोल वितरण वितरणकार्यक्रम कार्यक्रम ዜክ س बसाजंर जेशल्क रुए मोंसा शि्टर कार्य कारयन‎"‎‎

यस अभियानमा साथ, सहयोग, सद्भाव, समय र आँट प्रदान गर्नु हुने सबै सहयोगी मनहरू प्रति सस्थाले हृदयदेखि धेरै धेरै धन्यवाद दिएको छ। सस्थाको साना–साना योगदानहरूले ११० बालबालिकाको अनुहारमा मुस्कान, भविष्यमा आशा र जीवनमा आत्मविश्वास थपिदिएको छ।

 

Nepal life insurance