



काठमाडौँ । गत हप्ताको सोमवार बिहान उत्तरी अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प आयो । जसले ठूलो विनाश निम्तायो । विनाशकारी भूकम्पबाट खुल्म जिल्ला बढी प्रभावित भयो । जुन क्षेत्र उत्तरी समंगन प्रान्तको सबैभन्दा ठूलो विनाशबाट पीडित थियो । कमलुद्दिनसहित भूकम्पबाट प्रभावितहरु अहिले पनि आश्रय र सहयोगको खोजिमा रहेका छन् ।

त्यहाँको समुदायमा लामो समयदेखि पानी, ग्यास वा बिजुली पुगेको छैन । जिल्लाको इशान जान राकी क्षेत्रका ४० वर्षीय निवासी समरुद्दीनले आफ्नो घर पूर्ण रूपमा भत्किएको देखे । उनका भाइ घाइते भए । उनको आठ जनाको परिवारः उनी, उनकी श्रीमती र उनीहरूका छ जना छोराछोरी अब छिमेकीको जीर्ण, क्षतिग्रस्त घरमा थुनिएका छन् । एउटा साधारण चार कोठाको घर पुनर्निर्माण गर्न, उनलाई कम्तिमा १२ लाख अफगानी (१८,००० अमेरिकी डलरभन्दा बढी) चाहिन्छ ।

विनाशको मात्रा अचम्मलाग्दो छ । अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ताले समंगन प्रान्तमा मात्र १२ जनाको मृत्यु र ३ सय २९ जना घाइते भएको पुष्टि गरेका छन् । देशभर मृतकको संख्या कम्तिमा २५ पुगेको छ र ९७० भन्दा बढी घाइते भएका छन् । समंगन प्रान्तको प्रान्तीय राजधानी ऐबाक शहरमा, सार्वजनिक अस्पताल भरिएका मानिसहरूको अनुहारमा मानवीय क्षतिको छाप छ । ६५ वर्षीय फैजुल्लाहले आफ्नी घाइते नातिनी र छोरीलाई उपचारको लागि ल्याए। उनले भूकम्पको बारेमा गहिरो डरका साथ बताए ।
विनाश घरभन्दा बाहिर फैलिएको छ । स्थानीय उद्यमीहरूका लागि, भूकम्पले ठूलो आर्थिक क्षति पु¥याएको छ । रहिम शाहले राजधानी काबुललाई उत्तरी बल्ख प्रान्तको प्रान्तीय राजधानी मजार–ए–शरीफ शहरसँग जोड्ने राजमार्गमा पसल चलाउँथे । जुन उनको परिवारको पालनपोषणको एकमात्र माध्यम थियो । भूकम्पले प्रतिष्ठानलाई ध्वस्त पा¥यो । उनको सबै सामानहरू मेटाइदियो ।

यो विपत्ति प्राकृतिक प्रकोपहरूको लागि अफगानिस्तानको तिब्र जोखिमको एक भयानक सम्झना हो । हालैका वर्षहरूमा देशले विनाशकारी भूकम्पहरूको श्रृंखला भोगेको छ । २०२२ मा पूर्वी पाक्तिकादेखि २०२३ मा पश्चिमी हेरातसम्म, र केही महिना अघि पूर्वी कुनारमा आएको विनाशकारी भूकम्पले २ हजार २ सय भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो । ३ हजार ५ सय भन्दा बढी व्यक्तिहरू घाइते भएका थिए ।



