विगतका गल्तीको माफी माग्दै अहिलेको संकट समाधान गर्न काँग्रेसले नेतृत्व लिने गरि निर्णय गर्छौं- खड्का

imagesimages

 

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसले विगतका गल्ती कमजोरी स्वीकार गरेर नेपाली जनतासँग माफी मागेर विगतमा जस्तै समाधानको नेतृत्व फेरि एक पटक काँग्रेसले लिन सक्ने गरी निर्णय गर्ने बताएका छन् ।

Nepal life insurance

सामाजिक सञ्जालमार्फत खड्काले आफ्नो बारेमा भएका सबै प्रकारका टिप्पणीहरूलाई सम्मान गर्दै ती नै आफ्नो शक्ति र मार्गदर्शन भएको उल्लेख गरेका छन् ।

कार्यवाहक सभापति खड्काले इतिहासमै देश र पार्टीमाथि देखिएको प्रतिकूल अवस्थालाई ध्यानमा राखेर निर्णय लिन केही समय ढिला भएको स्वीकार गर्दै हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा पार्टी एकताबद्ध राखेर प्रतिकूल समयको सामना गरिरहेको बताएका छन् ।

उनले लेखेका छन्: 

सबैमा जय नेपाल 

मेरो बारेमा सार्वजनिक रूपमा यहाँहरूले गर्नुभएको जस्तो सुकै टिप्पणीहरूलाई मेरो सदा सम्मान छ र रहने छ। यिनै टिप्पणीहरू नै मेरा लागि शक्ति र मार्गदर्शन हुन्छन्। इतिहासमै देश र पार्टी माथि देखिएको प्रतिकुल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न केही समय ढिला भए पनि हतारमा निर्णय गरेर पछि पछुताउनु भन्दा पार्टीलाई एकताबद्ध राखेर प्रतिकुल समयको पदचापलाई सामना गर्न, हाम्रा विगतका गल्ती-कमजाेरि स्विकारी नेपाली जनता सँग माफी मागेर-विगतमा जस्तै समाधानको नेतृत्व फेरि एक पटक काँग्रेसले लिन सक्ने गरी पार्टीको उपयुक्त निर्णय गर्न समय लागेको छ। साथीहरू सबैले एकताबद्ध भएर यो महत्त्वपूर्ण मर्मलाई  बुझिदिई धैर्यता राखिदिन हाम्रो विशेष अनुरोध छ ।

images

 

Nepal life insurance

images