काँग्रेसको भावी दिशा–निर्देशनका विषयमा प्रदीप गिरी संस्थानले शुरु गर्‍यो छलफल

imagesimages

 

काठमाडौँ । नेपाली काँग्रेसको आन्तरिक कमजोरी हटाउने र पार्टीको मूल सिद्धान्तलाई जीवन्त बनाउने उद्देश्यले स्व. प्रदीप गिरी संस्थानले ‘आइडिया अफ काँग्रेस’ अन्तरक्रिया कार्यक्रमको शुरुवात गरेको छ ।  शनिवार राजधानीमा ‘आइडिया अफ काँग्रेस’ अन्तरक्रिया कार्यक्रमको शुरुवात गरिएको हो ।  पार्टीको राजनीतिक दिशा, संरचनागत समस्या, निर्णय प्रक्रिया र संगठन सुदृढीकरणका उपायहरूमा केन्द्रित यो छलफलले काँग्रेसलाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्दै युवा नेता सचिन तिमल्सिनाले पार्टीले पाएको २८ लाख मतमध्ये औपचारिक सदस्य मात्र ९ लाख रहेको तथ्यांक उजागर गर्दै बाँकी मतदाताहरू शुभेच्छुक भएको बताउनु भयो । उनीहरूको धारणा सुन्नु आजको मुख्य आवश्यकता भएको उहाँको भनाइ छ । पार्टीभित्रको संरचनागत समस्या, टिकट वितरणको अस्पष्टता र नेतृत्वको एमालेसँग मिलेर सामाजिक सञ्जाल प्रतिवन्धतर्फको प्रश्तावलाई काँग्रेसको आधारभुत सिद्धान्तविपरीत भएको भन्दै आलोचना गर्नुभयो ।

अर्का युवा नेता कञ्चन झाले मुलुकभरबाट एक सय भन्दा बढी युवा डेमोक्रेटहरूको सहभागितामा कार्यक्रम सञ्चालन भएको जानकारी दिनुभयो । डाक्टर, इन्जिनियर, वकिल, सामाजिक अभियन्ता र फिल्मकर्मीहरू जस्ता विभिन्न पेशाका विज्ञहरूले काँग्रेसको मूल विचार, पहिचान र वर्तमान राजनीतिक भुमिकामा खुला बहस गर्नुभएको उहाँको भनाइ छ । यो बहसले पार्टीको पहिचानलाई मजबुत बनाउने झाले बताउनु भयो ।

अन्तरक्रियाबाट प्राप्त विचार, सुझाव र विश्लेषणलाई संस्थानले संकलन गरी विस्तृत प्रतिवेदन तयार पार्ने र नेपाली काँग्रेसको केन्द्रिय नेतृत्वसमक्ष बुझाउने भएको छ । यो प्रतिवेदनले पार्टीको आगामी दिशा–निर्देशन, नीतिगत अवलम्वन र संगठन सुधारमा संस्थागत टेवा पु¥याउने विश्वास लिइएको छ ।

 

Nepal life insurance

अन्य समाचारहरु