एनपिएलमार्फत नयाँ उचाइमा नेपाली क्रिकेट

imagesimages

 

काठमाडौँ ।  विश्वस्तरीय क्रिकेटरको प्रतीक्षामा रहेको नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण कीर्तिपुरमा सुरु हुने तयारीमा रहँदा क्रिकेट समर्थकमा ठूलो उत्साह भरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली खेलकुदकै सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतिष्पर्धा एनपिएलको दोस्रो संस्करण सोमवारदेखि शुरु गर्दैछ । यसपल्ट पनि विश्वका स्टार क्रिकेटर आगमन भएको एनपिएलको प्रतिक्षामा समर्थकहरू छन् ।

Nepal life insurance

भारतीय क्रिकेटर शेखर धवन, मार्टिन गप्टिल, जिमी निसम, रवि बोपरा र सोहेल तनभिर जस्ता क्रिकेटर पहिलो संस्करणका आकर्षक रहे । पारस खड्का नेतृत्वमा रहेको एनपिएल गभर्निङ काउन्सिलले दिएको पहिलो संस्करणकै हिसाबकिताब क्यानको बोर्डबाट पास हुन सकेको छैन । यस्तो स्थितिमा दोस्रो संस्करणको निरन्तरता आशंकाहरू आएका थिए । तर क्यानको बोर्डले विभिन्न कानुनी प्रक्रिया मिचिएको आरोप र हिसाबकिसाब पास नभएको अवस्थामा पनि दोस्रो संस्करण आयोजनामा सहजता प्रदान ग¥यो ।

दोस्रो संस्करणमा पनि विश्वस्तरीय क्रिकेटरहरूले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशाला खेल्दैछन् । जिमी, बोपरा र तनभिर यस संस्करणमा पनि दोहोरिए भने अन्य स्टारहरू पनि एनपिएलको दोस्रो संस्करणबाट नेपाली क्रिकेटमा जोडिँदैछन् । दक्षिण अफ्रिकाका क्रिकेटरको यसपल्ट बाहुल्यता देखिएको छ । दक्षिण अफ्रिकी स्टार क्रिकेटर फाफ डुप्लेसिस, स्पिनर इमरान ताहिर र वाएनी पर्नेलले फरकफरक फ्रेन्चाइज टोलीबाट कीर्तिपुर मैदानमा देखिनेछन् । इङ्ल्यान्डका डेविड मालन, अफगानिस्तानका गुल्बदिन नइब र नजिबउल्लाह जादरान जस्ता क्रिकेटरको आगमनले नेपाली फ्रेन्चाइज लिगमा थप रौनकता बढेको छ ।

विश्व चर्चित कमेन्टेटर आकाश चोप्रा पनि यस सिजनको आकर्षक बन्नेछन् । उनले नेपाली क्रिकेटबारे चासो राख्ने गर्थे । उनै चोप्रा एनपिएलको दोस्रो सिजनमा देखिनेछन् । क्यानले सय करोडको हाराहारी एनपिएल बनेको दाबी गरिरहेको छ । स्टार क्रिकेटरको आगमनपछि यसमा थप उचाई भर्ने विश्वास लिइएको छ । डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज सोमबार प्रतिस्पर्धा गरेसँगै २४ दिने एनपिएलको दोस्रो संस्करण सुरु हुनेछ, त्यो पनि पहिलोपल्ट फ्लड लाइटमा । नेपाली क्रिकेट डे नाइटमा खेलिएसँगै नयाँ इतिहासतर्पm अग्रसर हुने विश्वास लिइएको छ ।

आठ वटा फ्रेन्चाइज टोलीले यस संस्करण प्रतिस्पर्धा गर्दैछन् । नेपाल तेस्रोपल्ट टी ट्वान्टी विश्वकपमा छनोट भएको केही समयपछि नै एनपिएलको दोस्रो संस्करणको आयोजनाले क्रिकेट समर्थकमाझ नयाँ उत्साह थपिदिएको छ । जहाँ नेपाली क्रिकेटर समर्थकले पहिलोपल्ट फ्लड लाइटमा क्रिकेट हेर्नेछन् । यसपल्ट शीर्ष तीन टोलीले पाउने पुरस्कारमा भने वृद्धि भएको छैन । च्याम्पियनले एक करोड १० लाख, दोस्रोले ५१ लाख र २५ लाख रुपैयाँ पाउनेछन् । तर, विधागत पुरस्कारबारे भने क्यानले सार्वजनिक गरेको छैन । यद्यपि, स्तरोन्नती गरिएको त्रिभूवन विश्वविद्यालय क्रिकेट स्टेडियममा यसपल्ट नेपाली समर्थक छुट्टै उत्साहका साथ गुन्जनेछन् ।

 

Nepal life insurance