तिनकुने घटनामा दिवंगत पत्रकार रजककी श्रीमतीलाई सरकारले दियो रोजगार

imagesimages

 

काठमाडौं । सरकारले गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रोजगारीको व्यवस्था गरेको छ ।

Nepal life insurance

मंगलबार सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा पत्रकार रजककी श्रीमती सुजन मगियालाई सुरक्षण मुद्रण केन्द्रमा कम्प्युटर अपरेटरमा नियुक्त गरिएको पत्र हस्तान्तरण गरिएको हो । सो अवसरमा मन्त्री खरेलले दिवङ्गत रजकलाई पत्रकार सहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिदै अहिले रोजगारीको व्यवस्था गरेर केहि राहत प्रदान गर्ने सरकारले कोसिस गरेको बताए ।

साथै मन्त्री खरेलले सुजनले चाहेमा विश्वविद्यालयमा पढ्नका लागि आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

सरकारले गत चैत १५ गते राजाबादी आन्दोलनको समाचार संकलन गर्ने क्रममा सुरेश रजकको आगलागीमा परेर मृत्यु भएको थियो ।

 

Nepal life insurance

अन्य समाचारहरु