सन्धिखर्क खानेपानीको साधारणसभा तथा अधिवेशन जारीः नयाँ नेतृत्वको लागि बुधबार चुनाव हुने (तस्बिर सहित )

imagesimages

 

गोपाल प्रसाद भट्टराई , अर्घाखाँची ।

मंसिर–२, अर्घाखाँची-  सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता मुल संस्थाको सातौं साधारणसभा तथा छैठौं अधिवेशन मंगलबारबाट सुरु भएको छ ।

May be an image of one or more people

साधारणसभाको समुद्घाटन गर्दै सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले  पहाडि जिल्लाको सुन्दर उपत्यका सन्धिखर्क र चुत्रावेसी सहित समग्र सन्धिखर्कको समृद्धिका निम्ती सबैको हातेमालोको खाँचो औल्याउनुभएको छ ।

May be an image of one or more people, dais and textNepal life insuranceMay be an image of one or more people, lighting and crowd

सन्धिखर्कको हराभराको निम्ती आफु र आफ्‌नो टिम लागिपरेको भन्दै उहाँले सबैले कुशल जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिनुभयो ।

May be an image of one or more people, flute, temple and dais

खानेपानी जस्तो अपरिहार्य खाद्य पदार्थको सेवा दिने पवित्र संस्थालाई पार्दशी र गुणस्तरिय सेवामा ध्यान दिनेगरि काम गर्नु नयाँ आउने कार्यसमितिलाई नगरप्रमुख श्रेष्ठको सुझाव छ । सन्धिखर्क क्षेत्र कृषि र धार्मिक पर्यटनको दृष्टिकोणले प्रबल सम्भावना बोकेको भन्दै उहाँले यसबाट सफलता मिल्ने गरि काम गर्नपनि अपिल गर्नुभएको छ ।

May be an image of one or more people, dais and text that says "-F P00 सनिघसक साना शाहरी सानेपानी तथा सरसकाई नगर आयोजना नगरआयोजला उपत संस्था सान्धिसक, सातीं वार्षित 55 बरण पराणसमा सुभा นฟน"

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सन्धिखर्कका निमित्त प्रमुख गोविन्द आचार्यले स्वच्छ, गुणस्तरिय र सुरक्षित पिउनेपानी बितरणमा ध्यान दिन र मिलेर संस्थाको विकासमा लाग्न आग्रह गर्नुभयो ।

May be an image of one or more people, flute and temple

जिल्ला स्थित कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय जनमोर्चाका नेताहरुले खानेपानीमा दलिय हस्तक्षेप नभएको दाबी गरेका छन् । खानेपानीको मुलसंस्थामा नयाँ कार्यसमितिको लागि २ वटा प्यानल देखिएपछि सन्धिखर्कमा क्रियाशिल राजनितिक दलले आ–आफ्‌नो विवेक प्रयोग गरि ति प्यानलाई समर्थन गरेको प्रष्ट पारेका छन् ।

May be an image of one or more people, dais and temple

उनिहरुका अनुसार युवराज खत्री प्रेमको नेतृत्वमा रहेको प्यानललाई आफुहरुको समर्थन रहेको र बाबुराम भुसाल साथी नेतृत्वको प्यानलाई राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र नागरिक समाज सहितका समुहले समर्थन गरेका छन्‌्‌् । यद्धपि राजनितिको विकल्प राजनिति नै हुने भन्दै उनिहरुले जिल्लाको विकास र निकासको निम्ती चार दलको बिचमा कार्यगत एकता गरेको बताएका छन् ।

May be an image of one or more people, dais and text

नेपालको संविधानले राजनितिक विहिनताको परिकल्पना नगरेको भन्दै उनिहरुले यहाँ स्वतन्त्र भन्नेहरुले पनि संगठन बनाउने होडबाजी सुरु गरेको तर्क गरेका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले पनि मन्तव्य राख्दै जिल्लाको समृद्धिका निम्ती सबैपक्षको हातेमालो जरुरी रहेको बताएका छन् ।

May be an image of one or more people and crowd

संस्थाको साधारणसभाको कार्यक्रम मंगलबारनै सकिएको सन्धिखर्क साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता मुल संस्थाका कार्यालय प्रमुख कृष्ण प्रसाद आचार्यको भनाई छ ।

May be an image of one or more people, tree, crowd and temple

“साधारणसभाको सबै कार्यक्रम सकिए, नयाँ कार्यसमितिको नेतृत्व चयनको लागि अधिवेशनको काम बाँकी छ ।”कार्यालय प्रमुख आचार्यले भन्नुभयो,“सर्वसहमतीको प्रयास जारी छ, सहमती हुन नसकेमा नयाँ नेतृत्वको लागि बुधबार बिहान १० बजेदेखि सांझ ५ बजेसम्म मतदानको कार्य अगाडि बढ्ने छ ।”

 

Nepal life insurance

अन्य समाचारहरु