आज विश्व शौचालय दिवस मनाइदै

imagesimages

 

काठमाडौँ । आज नोभेम्बर १९ अर्थात विश्व शौचालय दिवस । नेपालसहित विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्व शौचालय दिवस मनाइँदैछ । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व शौचालय दिवस मनाइँदै छ ।

Nepal life insurance

यस बर्षको विश्व शौचालय दिवसको विषयवस्तु ‘परिवर्तनशील संसारमा सरसफाइ’ रहेको छ, जसको प्रमुख अभियान नारा ‘हामीलाई सधैं शौचालयको आवश्यकता पर्नेछ’ भन्ने रहेको छ। यो विषयवस्तु जलवायु परिवर्तन, शहरीकरण, बसाइँसराइ र असमानता जस्ता चुनौतीहरूले कसरी सरसफाइमा पहुँचलाई पनि कठिन बनाएका छन् र सबैका लागि लचिलो, जलवायु-लचिलो सरसफाइ प्रणाली निर्माण गर्ने आवश्यकतामा केन्द्रित रहेको छ ।

सन् २०१३ देखि यो दिवस मनाउन थालिएको हो । बढ्दो सहरीकरण र सार्वजनिक खुला स्थानको अभावले शहरी क्षेत्र वा बाक्लो मानव बस्ती भएका स्थानमा शौचालयको निर्माण र प्रयोग गर्ने चुनौती बढेर गएको छ ।

मानव समुदायलाई मानवजन्य दिसापिसावबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधीबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन संयुक्त राष्ट्रसङ्घले विश्व शौचालय दिवसका रूपमा मनाउने गरेको हो । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेको छ ।

दिगो विकास लक्ष्यको छैटौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय समावेश छ।तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्याउने र पूर्ण रूपमा सरसफाइको अवस्थामा पुर्याउनमा प्रगति भने सुस्त गतिमा छ ।

यसै तथ्यलाई मध्यनजर गर्दै राष्ट्रसङ्घले यस वर्षको नारा तय गरेको हो । राष्ट्र सङ्घका अनुसार विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन्। त्यसमध्ये ४१ करोड ९० लाख मानिस त अझै पनि खुला स्थानमा दिसापिसाव गर्छन्।खुला दिसापिसावका कारण फैलने रोगले दैनिक १ हजार बालबालिकाको मृत्यु हुने गरेको छ ।

 

Nepal life insurance