रुससँगको कुटनीतिक सम्बन्ध पुनर्जीवित गर्न अंकारामा एर्दोगान र जेलेन्स्कीबीच वार्ता

imagesimages

 

काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधवार अंकारामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको वार्तामा रुस–युक्रेन द्वन्द्व अन्त्य गर्न कूटनीतिक प्रयासहरू अगाडि बढाउन टर्कीको प्रतिवद्धतामा जोड दिनुभएको छ ।

Nepal life insurance

अहिलेको गम्भीर समस्याहरूलाई सम्बोधन गर्नसक्ने व्यापक ढाँचाको साथ इस्तानबुल प्रक्रियालाई पुनः सक्रिय गर्नु फाइदाजनक हुने दुई नेताको भनाइ छ । टर्की रूससँग युद्धविरामलाई गति दिन र न्यायपूर्ण र दिगो शान्तिको लागि मार्ग प्रशस्त गर्नसक्ने कुनैपनि प्रश्तावहरूबारे छलफल गर्न तयार रहेको बताउनु भयो ।

साथै युक्रेनलाई रक्तपात रोक्न खोज्ने सबै साझेदारहरूलाई प्रक्रिया पुनर्जीवित गर्न रचनात्मक दृष्टिकोण अपनाउन आग्रह गर्नुभयो । रुस र युक्रेनले जुलाई २३, २०२५ मा इस्तानबुलमा तेस्रो चरणको शान्ति वार्ता आयोजना गरेका छन् । कैदी आदानप्रदानमा सहमति जनाएपनि जारी द्वन्द्व अन्त्य गर्ने दिशामा कुनै प्रगति भएको छैन । जेलेन्स्कीले आफ्नो तर्फबाट युक्रेनले वर्षको अन्त्यसम्ममा कैदी आदानप्रदान पुनः शुरु गर्ने आशा राखेको बताउनु भयो ।

 

Nepal life insurance