प्रहरी हिरासतबाट दुर्गा प्रसाईको अपिल

imagesimages

 

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले प्रहरी हिरासतबाट अपिल गरेका छ ।

Nepal life insurance

सामाजिक सञ्जालबाट सचिवालयको सहयोगमा अपिल जारी गर्दै बिभिन्न दल, राष्ट्रबादी व्यक्तित्व, आम देशभक्त नागरिक समाज सबै एक भएर देश जोगाउने अभियानमा सरिक भइ अघि बढ्न र आ आफनो क्षेत्रबाट लागिपर्न आग्रह गरेका छन् ।

 उनले भनेका छन्:

सबै सबैमा नमस्कार !

हाम्रो देश नेपाल राजा महेन्द्र राजा बिरेन्द्र र मदन भण्डारी जस्ता राष्ट्रवादी व्यक्तिको हत्या गराइ यहाँबाट सदियौ देखिको बैदिक सनातन हिन्दु धर्म हटाउन देशको प्रशासनिक र न्यायिक शिर सिहदरवार , सर्वोच्च अदालत प्रहरी कार्यालय,गाविस नगरपालिका सम्म धवस्त पार्ने विदेशी योजना नेपालमा २००४ सालदेखि सुरु भएको थियो । यसरी नेपाल माथि गरिएको षडयन्त्र २०८२ सालमा आएर सफल भएको देखिन्छ ।

जेनजी आन्दोलन पश्चात गोबिन्द केसीको नक्कली आमरण अनसनको जगमा बनेको यो नक्कलि सरकारबाट अब देश जोगाउन सच्चा धर्तिपूत्रहरु कृष्ण, राम,अर्जुन र लक्ष्मण बनेर अब मातृभुमिको रक्षाको निम्ती निस्कनु शिवाय अरु कुनै बाटो नभएकोले धर्तिको रक्षा गर्न देशलाइ यो स्थितिमा पुर्याउने सबै देशका भ्रष्टाचारी तथा रक्त पिपासुहरुलाई लखेट्न सबै जेनजी पुस्ता, बिभिन्न दल भित्ररहनु भएका राष्ट्रबादी व्यक्तित्वहरु आम देशभक्त नागरिक समाज सबै एक भएर देश जोगाउने अभियानमा सरिक भइ अघि बढ्न र आ आफनो क्षेत्रबाट लागिपर्नु हुन म सबैमा हार्दिक अपिल गर्दछु ।

images

 

Nepal life insurance

images