



-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची ।
मंसिर–५,अर्घाखाँची – सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता मूल संस्थाको छैठौं अधिवेशनबाट अध्यक्षमा बाबुराम भुसाल निर्वाचित हुनुभएको छ । नयाँ नेतृत्व चयनका लागि जिल्लामा क्रियाशिल कांग्रेस, एमाले, नेकपा र राजमो समर्थनमा एउटा प्यानल र रास्वपा, स्वतन्त्र नागिरक समाज अर्घाखाँची र जेनजी युवासहित स्वतन्त्र समुहहरुको समर्थनमा अर्को प्यानल चुनावी मैदानमा उत्रिएका थिए ।


जसमा अध्यक्ष भुसाल सहित, बरिष्ठ उपाध्यक्ष बेदराज घिमिरे र कोषाध्यक्ष सरिता महत रास्वपा सहितको समर्थनमा रहेको प्यानलबाट निर्वाचित हुनुभएको हो ।

अन्य उपाध्यक्ष, सचिव, सह–सचिव,लेखा समिति संयोजक सहित सबै सदस्यहरुभने ४ दलको समर्थनमा बनेको प्यानलबाट विजयी हुनुभएको छ ।

४ दलको समर्थनमा अध्यक्षको उम्मेद्धार बन्नुभएका युवराज खत्रीलाई १ सय २० मतले पराजित गरि भुसाल अध्यक्षमा विजयी हुनुभएको हो । भुसालले ५ सय ६३ र खत्रीले ४ सय ४३ मत ल्याए । १ हजार ७ सय ३१ उपभोक्तामध्ये बुधबार भएको मतदानमा १ हजार ६८ मत खसेको थियो । उपाध्यक्षमा ४ दलिय गठबन्धनबाट भेष बहादुर के.सी., सचिव जीवलाल पौडेल (गोपाल) र सह–सचिवमा कल्पना पोख्रेल विजयी हुनुभएको छ ।


सदस्यहरूमा पनि ४ दलिय गठबन्धनकै उम्मेदवार नवीन सुनार, मोतिलाल खनाल, कमला अर्याल विजयी हुनुभएको छ । लेखा समिति संयोजकमा ४ दलिय गठबन्धनकै
सुनिता बेल्वासे विजयी हुनुभयो ।

लेखा समिति सदस्यमा पनि ४ दलिय गठबन्धनकै कमल ढकाल र ज्ञान बहादुर वि.क. विजयी हुनुभएको छ । सो संस्थाबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क स्थित बजार एरिया, चुत्रावेसी लगायतका ठाउँमा पिउने पानी वितरण हुँदै आएको छ ।
नयाँ कार्यसमितिको लागी भएको मतदानको अन्तिम नतिजा:
जम्मा खसेको मत: १०६८
प्राप्त मत:
अध्यक्ष पदका प्रत्यासी:
बाबुराम भुसाल(साथी) -५६३ विजयी
युबराज खत्री (प्रेम)-४४३ मत
बरिस्ठ उपाध्यक्ष पदका प्रत्यासी
बेदराज घिमिरे-५१८ विजयी
बाबुराम भुसाल-४२९
उपाध्यक्ष पदका प्रत्यासी
भेष बहादुर केसी-४७१ विजयी
दिल बहादुर वली (साजन)-४४६
सचिव पदका प्रत्यासी
जिवलाल पौडेल (गोपाल)-४७४ विजयी
कृष्ण बहादुर शाही -४४१
कोषाध्यक्ष पदका प्रत्यासी
सरिता महत -४७७ विजयी
सुमित्रा कुमाल -४४०
सह-सचिव पदका प्रत्यासी
कल्पना पाेख्रेल -४६१ विजयी
सकुन्तला भुसाल – ४३९
सदस्य तर्फ:
नविन सुनार- ५१२ विजयी
कमला अर्याल- ४९४ विजयी
मतिलाल खनाल- ५१६ विजयी
टामलाल सार्की- २९२
भिमबहादुर खत्री- ३०४
चुमकला गिरी- २४०
लेखा समिति तर्फ:
संयोजक: सुनिता बेल्वासे ४१२ विजयी
निमबहादुर बस्नेत- ३४०
सदस्य:
ज्ञानबहादुर विक ४६० विजयी
कमल ढकाल ५२९ विजयी
शान्ता रायमाझी ३७५
रामप्रसाद चुदाली २९०



