प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा ६८ दल दर्ता

imagesimages

 

काठमाडौँ  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६८ राजनीतिक दल दर्ता भएका छन् ।
प्रतिनिधि भभा सदस्य निर्वाचन प्रयोजनको लागि मंगलावरसम्म ६८ वटा दलहरु दर्ता भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता पन्थले हाल आयोगमा दर्ता कायम रहेका दलहरुको संख्या १ सय ३२ पुगेको छ ।

आयोगले यही मंसिर १० गतेसम्म प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ । उहाँले बाँकी सबै राजनीतिक दलहरुलाई समेत निर्वाचन प्रयोजनको लागि आयोगमा दर्ता हुन आह्वान गर्नुभयो ।

Nepal life insurance

उहाँले भन्नुभयो, ‘फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि आयोगले तयार गरेको निर्वाचनको कार्यक्रमअनुसार मंसिर १० गतेसम्मका लागि निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्नेगरी समय तोकिएको थियो । मंगलवारसम्म ६८ वटा दलले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि दल दर्ता गरिसकेको अवस्था छ । आजको दिनमा आयोगमा दर्ता कायम भएका दलहरुको संख्या १३२ हो । बुधवार कार्यालयभित्र निर्वाचन प्रयोजको लागि दल दर्ता गर्ने समय बाँकी छ । बाँकी समयमा अरु बाँकी दलहरु पन निर्वाचन प्रयोजनको लागि दर्ता भएर प्रतिस्पर्धामा भाग लिने अपेक्षा निर्वाचन आयोगले गरेको छ ।’

 

प्रवक्ता भट्टराईले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागि गराउने विषयमा सरकार र आयोगबीच गम्भीर छलफल भइरहेको पनि बताउनु भयो । विदेशी नागरिकलाई मताधिकारको विषयमा आवश्यक कानून बनिसकेकोपछि निश्चित हुने पनि बताउनु भयो । उहाँले स्वच्छ, निष्पक्ष  र भयरहति वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

 

Nepal life insurance

अन्य समाचारहरु