अमेरिकी टेक कम्पनी एचपी ६ हजार कर्मचारी कटौती गर्दै

imagesimages

 

काठमाडौँ । अमेरिकी टेक कम्पनी एचपी इंकले विश्वव्यापी रूपमा चार हजारदेखि ६ हजार कर्मचारीहरूलाई हटाउने योजना बनाएको छ । यो योजना आर्थिक वर्ष २०२८ को अन्त्यसम्ममा पूरा हुनेछ । कम्पनीले मेमोरी चिपको मूल्यमा तीव्र वृद्धि यस निर्णयको कारण भएको बताएको छ ।

एआई (कृत्रिम बुद्धिमत्ता) मा ध्यान केन्द्रित गर्न कर्मचारीको व्यापाक कटौती गर्ने र यसबाट तीन वर्षमा एक बिलियन डलर बचत गर्ने कम्पनिको योजना रहेको छ । कम्पनीमा हाल विश्वभर करिब ५८ हजार कर्मचारीहरू रहेका छन् ।

Nepal life insurance

एचपीका सीईओ एनरिक लोरेसले उत्पादन विकास, आन्तरिक सञ्चालन र ग्राहक सेवामा काम गरिरहेका कर्मचारीहरु यस कटौती योजनाबाट सबैभन्दा बढी प्रभावित हुने बताएका छन् । कम्पनीले सुरुमा दुई हजारसम्म कर्मचारी हटाउने बताएको छ ।

मेमोरी चिपको माग प्रविधि क्षेत्रमा, विशेष गरी डेटा केन्द्रहरूमा द्रुत गतिमा बढिरहेको छ, जसको कारणले एचपी, डेल र एसरजस्ता कम्पनीहरूमा नाफाको दबाब बढाएको छ । एचपीले बढ्दो लागतहरूले पिसी बिक्री चक्रको आम्दानी घटाएको छ इन्भेन्टरीको कारणले गर्दा पहिलो आधा बर्षमा प्रभाव न्यूनतम भएपनि बर्षको दोस्रो आधामा असर गर्ने छ ।

एचपीको बिक्री चौथो त्रैमासिकमा ४.२ प्रतिशतले बढेर १४.६ बिलियन डलर पुगेको छ । पिसी एकाइको आम्दानी ८ प्रतिशतले बढेको छ, जुन विन्डो ११ मेसिन र एआई पिसीको बढ्दो मागले गर्दा सम्भव भएको छ । एआई भएका पिसीले क्यू ४ मा ढुवानीको ३० प्रतिशतभन्दा बढी समावेश गरेका थिए । यद्यपि, प्रिन्टर एकाइको बिक्री ४ प्रतिशतले घटेर ४.२७ बिलियन डलरमा झरेको बताइएको छ ।

एचपीले उत्पादन विकासलाई गति दिन, ग्राहक सन्तुष्टि बढाउन र उत्पादकता सुधार गर्न एआई प्रयोग गर्ने बताएको छ । एचपीले तीन वर्ष अघि ३ हजार कर्मचारी कटौती गरेको थियो । त्यति बेला कम्पनिमा ६१ हजार कर्मचारी थिए । यसले २.२ बिलियन डलर बचत गरेको थियो ।

प्रविधि उद्योगमा रोजगार कटौती भइरहेको छ । अमेजनले हालै १४ हजारभन्दा बढी रोजगारी कटौती गरेको छ, जुन यसको ३ लाख ५० हजार कर्पोरेट कर्मचारीहरूको लगभग १० प्रतिशत हो । महामारीको समयमा भर्ना बढाएपछि, अब लागत नियन्त्रण गर्ने प्रयासहरू भइरहेका छन् । मेटा र एप्पलले पनि लगातार कर्मचारी कटौती गरिरहेका छन् । एचपीको कर्मचारी कटौती यस श्रृंखलाको एक हिस्सा हो । एक रिपोर्टका अनुसार, कोरोना महामारी पछि अमेजनले मात्र ३० हजार कर्पोरेट पदहरू घटाएको छ ।

 

Nepal life insurance